Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगस्टार्टअप वर्ल्डकप नेपाल यही २२ गते हुने

स्टार्टअप वर्ल्डकप नेपाल यही २२ गते हुने


काठमाडौं । स्टार्टअप वर्ल्डकपको नेपाल क्षेत्रीय प्रतिस्पर्धा असार २२ गते हुने भएको छ । विश्वका ७० देशमा हुने प्रतिस्पर्धा नेपालमा पहिलोपटक भौतिक रुपमा हुनलागेको स्टार्टअप वर्ल्डकपको नेपालको पार्टनर स्टार्टअप हब नेपालले जनाएको छ ।

गत वर्ष कोभिड महामारीका कारण सरकारले जारी गरेको लकडाउनले गर्दा स्टार्टअप वर्ल्डकपको नेपाल क्षेत्रीय प्रतिस्पर्धा अनलाइन गरिएको थियो । प्रतिस्पर्धाको फाइनलमा पुगेका विभिन्न १० उत्कृष्ट स्टार्टअपहरुले नेपालको फिनालेमा भाग लिन पाउने आयोजकले जनाएका छन् । फाइनलमा पुगेका टप १० मध्ये विजेता एक जना कालिफोर्नियाको सिलिकन भ्यालीमा हुने फाइनलमा सहभागी हुन पाउनेछन् । अमेरिकी स्याटलाइट कम्पनी स्पेस एक्सको फन्डरेजिङ कम्पनी पिगासस टेक भेन्चरले स्टार्टअप वर्ल्डकपको सुरुवात गरेको हो ।

विकसित देशहरु सबैजसोमा स्टार्टअप वर्ल्डकपको आयोजना हुने गरेको छ । नेपालमा भने वर्ल्ड ट्रेड ग्रुप नेपालले आफ्नो सिस्टर कन्सर्न स्टार्टअप हब नेपालमार्फत वर्ल्डकप नेपालमा भित्र्याएको हो ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया