काठमाडौंमा ‘स्टडी इन इन्डिया एक्स्पो’ सुरु
काठमाडौं । अफेयर्स नेपाल प्रालिको आयोजनामा काठमाडौंस्थित होटल -याडिसनमा बृहत् शैक्षिक मेला सुरु भएको छ । बिहीबारदेखि सुरु भएकोे दुईदिने ‘स्टडी इन इन्डिया एक्स्पो’ नामको सो शैक्षिक मेलामा भारतका ४० भन्दा बढी विश्वविद्यालयको उपस्थिति रहने आयोजकले जनाएका छन् ।
आयोजकका अनुसार एक्स्पोमा कुन विषय अध्ययन गर्ने भन्ने दुविधा मेटाउन दुई सयभन्दा बढी कोर्सहरूबारे जानकारी प्रदान गरिनेछ । नेपाली विद्यार्थी र अभिभावकहरूलाई मध्यनजर गर्दै यो एक्स्पो सञ्चालन गरिएको हो ।
शैक्षिक मेलामा नयाँ पाठ्यक्रमहरू, योग्यता, मापदण्ड, आवेदन प्रक्रिया, शुल्क, नियुक्ति र छात्रवृत्ति विकल्पहरूबारे विद्यार्थी तथा अभिभावकहरूलाई जानकारी गराइनेछ । दुई दिनसम्म सञ्चालन हुने मेलामा तीन हजार विद्यार्थीहरूले अवलोकन गरी भारतको नाम चलेका विश्वविद्यालयहरुबारे जानकारी लिने अपेक्षा रहेको अफेयर्स नेपाल प्रालिका प्रबन्धनिर्देशक कुमार थपलियाले जानकारी दिए । नेपाली विद्यार्थी र अभिभावकहरूलाई मध्यनजर गर्दै यो एक्स्पो सञ्चालन गरिएको हो ।
शैक्षिक मेलामा विद्यार्थीहरूको रोजाइको विषय र भारतको नाम चलेका विश्वविद्यालयहरुबारे जानकारी लिने अवसर एक्स्पोले गर्ने निर्देशक थपलियाले बताए । भारतका प्रतिष्ठित विश्वविद्यालयका पदाधिकारीहरूसँग प्रत्यक्ष कुराकानी गरी ४० वटाभन्दा बढी प्रमुख विश्वविद्यालयहरूको जानकारी हासिल गर्नसक्ने गरी शैक्षिक मेलाको आयोजना गरिएको हो ।
क्याटेगोरी : कर्पोरेट
ताजा अपडेट
- खशोग्गीका पूर्ववकिल युएईमा सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर
- श्रीलंकाका भगौडा पूर्वराष्ट्रपति राजापाक्षे थाइल्यान्ड पुगे
- स्वतन्त्र व्यापार सम्झौताका लागि भारत र बेलायतबीच पाँचौँ चरणको वार्ता
- अलिबाबाले बर्खास्त ग-यो दश हजार कर्मचारी
- इन्डोनेसियाले १० लाख नरिवलको बिरुवा रोप्ने
- माकुरा पनि मान्छेझैँ निदाउँछन् !
- नेसनल लाइफको एनुअल बिजनेस लिडर्स कन्क्लेभ सम्पन्न
- रिचेत जलविद्युत्को सेयर बिक्री प्रबन्धकमा एनआईबीएल एस क्यापिटल नियुक्त
धेरैले पढेको
- बढ्दो सहकारी जोखिम र सहकारी सुशासन
- सरकारी विद्यालयको निर्माण सामग्री प्रधानाध्यापकबाटै चोरी प्रहरीले दर्ता गर्न मानेन उजुरी
- हालको तरलताको अवस्था र त्यसका कारणहरू
- नागरिक समाज, विकास र जवाफदेहिता
- असहज परिस्थितिका कारण जटिल बनेको देशको जर्जर अर्थव्यवस्था
- उद्योगको क्षमता उपयोग ७० प्रतिशत वृद्धि
- संस्थापक सेयरलाई खरिदबिक्रीको व्यवस्था गर्न पाउने नीति बनाउन माग
- सुर्योदय टोल विकास संस्थाको तेस्रो बार्षिक साधारण सभा सम्पन्न
तपाईको प्रतिक्रिया