काठमाडौं । सीताराम गोकुल मिल्क्स काठमाडौं प्रालिले सीतारम घ्यू अब नयाँ प्याकिङमा बिक्रीवितरण सुरु गरेको छ । कम्पनीले विगत २५ वर्षदेखि गुणस्तरीय दुग्ध र दुग्ध पदार्थ (बटर, पनिर, लस्सी, दही, फ्रेस मिल्क, दूध) बिक्रीवितरण गर्दै आएको छ । आफूलाई परिवर्तन गर्दै तथा उत्पादनहरुको प्यकिङमा नयाँपन दिन कम्पनीले बिहीबारदेखि आकर्षक बट्टामा प्याकिङ गरिएको अत्याधुनिक प्रविधिबाट उत्पादित सीताराम घ्यू बजारमा ल्याएको हो ।
कम्पनीले सीताराम दूध उत्पादन र बिक्रीवितरणको २५ वर्ष पुगेको शुभ अवसरमा विभिन्न उत्पादनहरु पनि बजारमा ल्याएको छ । सीताराम दूध नेपालको निजी क्षेत्रको सबैभन्दा ठूलो दूध तथा दुग्धजन्य पदार्थ उत्पादन गर्ने डेरी हो । केडिया अर्गनाइजेसनको भागिनी संस्थाको रुपमा स्थापना भएको सीताराम गोकुल मिल्क्स काठमाडौं प्रालिको उत्पादन कारखाना कीर्तिपुरको दूधपोखरीमा रहेको छ ।
सिताराम गोकुल मिल्कस काठमाण्डौं प्रा.लि.प्रत्यक्ष एवं अप्रत्यक्ष रुपमा हजारौ जनतालाई रोजगारी दिन सफल भएको छ । साथै दुधले राम्रो आम्दानी गरी आर्थिक आय श्रृजनाको मुख्य श्रोत कृषि मध्येको गाइपालन हो भन्ने तथ्यलाई समेत प्रमाणित गर्न सफल भएको छ । किसानको गोठदेखि आम जनताको ओठसम्मे सितारमा डेरीले दुध तथा यसबाट उत्पादित दुग्धजन्य पदार्थहरु पु-याएको छ ।
कम्पनीले नवलपरासी, रुपन्देही, चितवन र काभ्रेपलाञ्चोक जिल्लामा २२ वटा दूध चिस्यान केन्द्र स्थापना गरेर जिल्लाका १५० दूध उत्पादक सहकारी संस्थाका साथसाथै लगभग २० निजी दूध व्यवसायीमार्फत नियमित दूध संकलन गरिरहेको छ । दूधबाट प्रोटिन, लिपिडस, क्याल्सियम र पोटासियम जस्ता पौष्टिक तत्व पाइनाका साथै स्वस्थ शरीर र नियमित विकासमा दूधको महत्व आधुनिककालमा समेत वैज्ञानिक रुपमा पुष्टि भइसकेको कम्पनीले जनाएको छ ।
क्याटेगोरी : कर्पोरेट
ताजा अपडेट
- खशोग्गीका पूर्ववकिल युएईमा सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर
- श्रीलंकाका भगौडा पूर्वराष्ट्रपति राजापाक्षे थाइल्यान्ड पुगे
- स्वतन्त्र व्यापार सम्झौताका लागि भारत र बेलायतबीच पाँचौँ चरणको वार्ता
- अलिबाबाले बर्खास्त ग-यो दश हजार कर्मचारी
- इन्डोनेसियाले १० लाख नरिवलको बिरुवा रोप्ने
- माकुरा पनि मान्छेझैँ निदाउँछन् !
- नेसनल लाइफको एनुअल बिजनेस लिडर्स कन्क्लेभ सम्पन्न
- रिचेत जलविद्युत्को सेयर बिक्री प्रबन्धकमा एनआईबीएल एस क्यापिटल नियुक्त
धेरैले पढेको
- बढ्दो सहकारी जोखिम र सहकारी सुशासन
- सरकारी विद्यालयको निर्माण सामग्री प्रधानाध्यापकबाटै चोरी प्रहरीले दर्ता गर्न मानेन उजुरी
- हालको तरलताको अवस्था र त्यसका कारणहरू
- नागरिक समाज, विकास र जवाफदेहिता
- असहज परिस्थितिका कारण जटिल बनेको देशको जर्जर अर्थव्यवस्था
- उद्योगको क्षमता उपयोग ७० प्रतिशत वृद्धि
- संस्थापक सेयरलाई खरिदबिक्रीको व्यवस्था गर्न पाउने नीति बनाउन माग
- सुर्योदय टोल विकास संस्थाको तेस्रो बार्षिक साधारण सभा सम्पन्न
तपाईको प्रतिक्रिया