Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगपुष्पतारा केडिया सेवा फाउन्डेसनद्वारा बस हस्तान्तरण

पुष्पतारा केडिया सेवा फाउन्डेसनद्वारा बस हस्तान्तरण


काठमाडौं । पुष्पतारा केडिया सेवा फाउन्डेसनले रामकुमार महावीर प्रसाद केडिया आँखा अस्पताल परवानीपुर ४, वीरगञ्जलाई एसएमएल आईसुजु बस हस्तान्तरण गरेको छ । फाउन्डेसन सामाजिक सेवा गर्ने उद्देश्यले पाँच वर्षअगाडि ताराचन्द केडिया तथा पुष्प केडियाको नामबाट स्थापना गरिएको संस्था हो । यस संस्थाले शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा सहयोग र सेवा गर्दै आइरहेको छ ।

समाजिक सेवा भावले महावीर प्रसाद वृजलाल केडिया सेवा ट्रष्टद्वारा स्थापित रामकुमार महावीर प्रसाद केडिया आँखा अस्पताल नारायणीकै जेठो आँखा अस्पताल हो । यसको ई.सं. १९७५ सालमा स्थापना भई हालसम्म सेवा दिँदै आएको छ । पुष्पतारा केडिया सेवा फाउन्डेसनद्वारा हस्तान्तरण गरिएको यो बसद्वारा असहाय, गरिब तथा सेवाबाट वञ्चित बिरामीहरुलाई यातायातको सहज सुविधा हुने फाउन्डेसनको विश्वास छ ।

फाउन्डेसनका संरक्षक मनोज केडियाले रामकुमार महावीर प्रसाद केडिया आँखा अस्पताल वीरगञ्जलाई उपचारमा अझ गुणस्तर कायम गरी बढीभन्दा बढी आँखा बिरामीहरुको उपचार सहज र सरल रुपमा गराउन तथा सेवा सुविधाहरुको पहुँच विस्तार गरी हरेक बिरामीहरुलाई उपचारपश्चात् खुसीको सास फेर्ने र विश्व हेर्ने दृष्टि प्रदान गर्न आग्रह गरे ।

कार्यक्रममा पुष्पतारा केडिया सेवा फाउन्डेसनका पदाधिकारीहरु तथा रामकुमार महावीर प्रसाद केडिया आँखा अस्पताल परवानीपुर ४, वीरगन्जको उपस्थिति रहेको थियो । कार्यक्रम पुष्पतारा केडिया सेवा फाउन्डेसनमा आयोजना गरी हस्तान्तरण गरिएको थियो । 


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x