Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योग‘नोकिया नेपाल इनोभेसन डे’ आयोजना

‘नोकिया नेपाल इनोभेसन डे’ आयोजना


काठमाडौं । नोकियाले फिनल्यान्डको दूतवाससँगको सहकार्यमा ‘नोकिया नेपाल इनोभेसन डे २०२२’को गत शुत्रबार होटल मेरियट, काठमाडौंमा आयोजना गरेको छ ।

कार्यक्रममा नोकियाले व्यवसाय र मेसिनरीहरुलाई निर्बाध रुपमा जडान गर्न, नयाँ सेवाहरु विकास गर्न र राजस्व चलाउने तरिकाहरु अन्वेषण गर्न विषय विशेषज्ञहरुलाई निम्त्याएको थियो । उक्त कार्यक्रमका मुख्य विषयहरु फाइभजी क्रान्ति जारी राख्ने, इन्डस्ट्री ४.० को डिजिटल युगमा रुपान्तरण र गिगाबिट युगमा गति बढाउने लगायत थिए ।

उक्त कार्यक्रमबाट नेपालका दूरसञ्चार सञ्चालकहरुले पहिलेभन्दा अझ छिटो, धेरै मात्रामा फलदायी रुपमा जडान गर्ने फ्यूचर—प्रुफ ब्रोडब्यान्ड नेटवर्क कसरी सिर्जना गर्ने भन्नेबारे बुझेर लाभ उठाउन मद्दत पुग्ने बताइएको छ । कार्यक्रममा डिजिटल र दिगो भविष्यका निम्ति विज्ञहरुले उद्योगहरु, सरकारहरु र सहरहरुको लागि उद्देश्य—डिजाइन नेटवर्कहरु निर्माण गर्नेबारे छलफल गरेका थिए । यस्तै बिजुली र उपयोगिता, सार्वजनिक सुरक्षा, यातायात, स्मार्ट सहरहरुलगायत विभिन्न उद्योग भर्टिकल्सहरुका लागि इन्डस्ट्री ४.० को निम्ति फाइभजी प्रयोग गर्नेबारे छलफल गरिएको थियो ।

नोकियाले मोबिलिटी, फिक्स्ड नेटवर्क, आईपी र अप्टिकल नेटवर्क र इन्टरप्राइजेजका लागि आफ्नो बजार अग्रणी समाधानहरु प्रदर्शन गरेको थियो भने नेटवर्कहरु स्केलमा प्रदर्शन गर्नेबारे, गतिमा अनुकूलन गर्ने, ग्राहकको अनुभव बढाउने र नयाँ राजस्व स्ट्रिमहरु अनलक गर्ने र डिजाइन गर्न सकिन्छ भनेर प्रदर्शन गरेको थियो । वि.सं. २०१७ मा नोकियाले नेपालमा आफ्नो उपस्थितिको स्थापना गरेको थियो । कम्पनीले हाल १० लाखभन्दा बढी नेपाली घरहरुसम्म आफ्ना ग्राहक अपरेटरहरुमार्फत उच्च गुणस्तरको फिक्स्ड ब्रोडब्यान्ड सेवा पु-याउन सफल भएको छ । अब नेपाललाई फाइभजी युगको लागि तयार पार्ने र डिजिटल क्रान्तिको हिस्सा बनाउने, लक्ष्य नोकियाले लिएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया