Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगभायानेटको नयाँ शाखा महेन्द्रनगरमा

भायानेटको नयाँ शाखा महेन्द्रनगरमा


काठमाडौं । भायानेट कम्युनिकेसन लि.ले आफ्नो सेवा विस्तार गर्ने क्रममा बाराको महेन्द्रनगरमा नयाँ शाखा विस्तार गरेको छ । आफ्नो ग्राहकहरूका लागि समय–समयमा विभिन्न योजनाहरू सञ्चालन गर्ने भायानेटका योजनाहरूबाट अब महेन्द्रनगरका सर्वसाधारण पनि लाभान्वित हुनेछन् ।

पछिल्लो समय ग्राहकले भायानेटको अल्ट्रा–फाई जस्ता योजनाहरूमार्फत सुपथ मूल्यमा उच्चस्तरको इन्टरनेटसँगै एक सय ७५ भन्दा बढी च्यानल भएको भायाटिभीको मजा लिन पाउनेछन् । यसै सन्दर्भमा महेन्द्रनगरमा सेवा विस्तार भएको खुसियाली बाँड्न कम्पनीले आफ्नो अल्ट्राफाई प्याकेजमा चार महिनासम्मको फ्रि ओपेनिङ अफर उपलब्ध गराएको छ । साथै यो सेवा लिँदा ग्राहकले इन्टरनेट, वाईफाई डिभाइस र भायाटिभीको प्राइमरी सेट–अप–बक्स इन्स्टलेसन पनि निःशुल्क पाउनेछन् । यो सुविधा भने कम्पनीले सीमित अवधिको लागि ल्याएको छ । भायानेट महेन्द्रनगर भीमदत्त नगरपालिका १८ नजिकै प्रभु बैंकनजिकै खोलिएको छ ।

भायानेटले नेपालमा पहिलोपटक फाइबर अप्टिक इन्टरनेट सेवा उपलब्ध गराएको थियो भने सन् २०१६ मा यसले नेपालमा पहिलो आईपी टिभी सेवाको पनि शुभारम्भ गरेको थियो । भायानेट आईएसओ ९००१ः२०१५ प्रमाणित कम्पनी हो । भायानेटले आफ्ना ग्राहकहरूलाई विश्वस्तरीय, गुणस्तरीय सेवा प्रदान गर्न नोकिया, जुनिपर, सिस्को र सियना जस्ता अत्याधुनिक प्रविधिमैत्री विश्वका प्रसिद्ध ब्राण्डहरूसँग सहकार्य गरेको छ । अत्याधुनिक प्रविधिको ब्रोडब्याण्ड सेवासँगै गुणस्तरीय टेलीभिजन सेवा प्रदान गरिरहेको भायानेट पछिल्लो समय देशैभर विस्तार गर्ने क्रममा छ । 


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया