Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगआकर्षक फिचरसहित भिभो वाई १५सी नेपालमा सार्वजनिक

आकर्षक फिचरसहित भिभो वाई १५सी नेपालमा सार्वजनिक


काठमाडौं । स्मार्टफोन ब्राण्ड भिभोले वाई सिरिजअन्तर्गत नयाँ स्मार्टफोन भिभो वाई१५सी नेपाली बजारमा सार्वजनिक गरेको छ । वाई१५सीको लन्चसँगै भिभोले युवाहरूलाई प्रचुर विशेषताहरु भएको स्मार्टफोनहरू र विभिन्न मूल्य दायराहरूमा अर्थपूर्ण नवीनता प्रदान गर्ने आफ्नो दृष्टिकोणलाई अगाडि बढाएको हो ।

सिमलेस अनुभव सुनिश्चित गर्नका लागि वाई१५सी मा ६.५१ इन्चको हेलो फुलभ्यू डिस्प्लेसहित आई प्रोटेक्सन समावेश गरिएको छ । युवा प्रयोगकर्ताहरुको जीवनशैलीसँग मिल्ने र दिनभरि निर्बोध रुपमा चलिरहने शक्तिशाली ह्यान्डसेट चाहने युवा र ‘अन द गो’ उपभोक्ताहरूको जीवनशैलीअनुरूप वाई१५सी लाई डिजाइन गरिएको हो । भिभो नेपालका सीईओ माइकलले भिभोको वाई सिरिजले बजारमा आफूलाई नेपालको सबैभन्दा लोकप्रिय स्मार्टफोन लाइन–अपको रूपमा स्थापित गरेको बताए । उनका अनुसार वाई शृंखलाका स्मार्टफोनहरू ‘अन द गो’ मिलिनेअलहरूको बढ्दो आवश्यकतालाई ध्यानमा राखेर डिजाइन गरिएको हो । उत्कृष्ट ५०००एमएएच ब्याट्रीले सुसज्जित हालै लन्च गरिएको वाई१५सी सधैँ अमूल्य साथी साबित हुने उनको दाबी छ ।

उत्कृष्ट क्लिकका लागि नयाँ युगको क्यामेरा
वाई१५सीमा १३एमपी एआई डुअल क्यामेरा र २ एमपी सुपर क्याक्रो क्यामेरा सेटअप छ, जसबाट उच्चस्तरीय फोटोग्राफी अनुभव लिन सकिन्छ । साथै, उत्कृष्ट सेल्फीहरुका लागि यसमा आठ एमपी फ्रन्ट क्यामेरा छ । वाई१५सीले दैनिक सुटिङ अनुभवलाई सहज बनाउन फेस ब्यूटी, फोटो, भिडियो, लाइभ फोटो, टाइम–ल्याप्स, पानोरामा र प्रो मोड प्रस्तुत गर्दछ ।

लामो समयसम्म टिक्ने शक्तिशाली ब्याट्री
वाई१५सी मा पाँच हजार एमएएच ब्याट्री छ, जुन दैनिक कार्यका लागि पर्याप्त हुन्छ । यसलाई एक पटक पूर्ण चार्ज गरेपछि १८.७४ घण्टासम्म चलचित्र हेर्न वा ७.८९ घण्टा गेम खेल्न सकिन्छ । यसमा ५भोल्टको रिभर्स चार्जिङ छ, र पावर बैंकजस्ता अन्य उपकरण चार्ज गर्न प्रयोग गर्न सकिन्छ ।

इमर्सिभ प्रदर्शन र स्टाइलिस डिजाइन
वाई१५सी मा ६.५१ इन्चको हेलो फुलभ्यू डिस्प्लेसहित आई प्रोटेक्सन समावेश गरिएको छ, जसले प्रयोगकर्ताहरूलाई भिडियो स्ट्रिमिङ, इन्टरनेट सर्फिङ र गेम खेल्दा इमर्सिभ अनुभव प्रदान गर्दछ । यसको आई प्रोटेक्सनले गर्दा दिनभर फोन चलाए पनि आँखा थकित हुन दिँदैन । प्रभावशाली विशेषताहरु भएको यो स्मार्टफोन ८.२८एमएम पातलो छ, हलुका तौल र फोन बोक्दा आरामदायी अनुभव प्रदान गर्दछ ।

कम्पनीका अनुसार वाई१५सी दुईवटा आकर्षक रंगहरू मिस्टिक ब्लू र वेभ ग्रिनमा उपलब्ध छ । यसमा साइड–माउन्टेड फिंगरप्रिन्ट स्क्यानर, फेस एक्सेस, बोकेह मोड, औरा स्क्रिन लाइट, मल्टी टर्बो ३.०, आईम्यानेजर, इजिसेयरलगायतका विशेषताहरु छन् । यो फनटच ओएस १२ (एन्ड्रोइड १२) मा सञ्चालित छ । वाई १५सी तीन जीबी ¥याम र ३२जीबी रोममा १७ हजार नौ सय ९९ रुपैयाँमा देशभरका रिटेल स्टोरहरुमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया