Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगकुरिनटारमा महिन्द्राको थ्रीएस सुविधासहितको शोरुम

कुरिनटारमा महिन्द्राको थ्रीएस सुविधासहितको शोरुम


काठमाडौं । अग्नि ग्रुपले हालै कुरिनटारमा महिन्द्राका गाडीहरुको अटो डिभिजन र फार्म डिभिजनको नयाँ बिक्री, सेवा र पार्टपुर्जासहितको सुविधासम्पन्न शोरूम स्थापना गरेको छ । कम्पनीका अनुसार यो यस क्षेत्रका लागि कम्पनीको पूर्ण सुविधाले सुसज्जित आधिकारिक शोरुम हो ।

महिन्द्रा अटोमोबाइल्सका सबै शृंखलाका सवारीसाधनहरूसहितको थ्रीएस सेटअपयुक्त यो शोरुम इच्छाकामना गाउँपालिकाका अध्यक्ष दान बहादुर गुरुङ, उपाध्यक्ष माया सिलवाल, विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिन्टार, सशस्त्र प्रहरी वरिष्ठ उपरिक्षक प्रमुख अन्जनी कुमारी पोखरेल, काली बहादुर गण भरतपुरका गणपति अच्युत घिमिरे, सशस्त्र प्रहरी बल १६ नम्बर गण आपँटारीका सशस्त्र प्रहरी उपरीक्षक मनोज थापा, राष्ट्रिय अनुसन्धान कार्यालय चितवनका अनुसन्धान उपनिर्देशक शेरजङ्ग चन्द, अग्नी ग्रुपका प्रबन्धनिर्देशक क्याबिनेट श्रेष्ठले र अग्नी ग्रुपका कार्यकारी निर्देशक अर्जुन प्रसाद शर्माले संयुक्त रुपमा उद्घाटन गरेका थिए ।

अग्नि ग्रुपका प्रबन्धनिर्देशक क्याबिनेट श्रेष्ठका अनुसार कम्पनी उपभोक्ताको आवश्यकताअनुसार विभिन्न शृंखलाका उत्पादनहरू उपलब्ध गराउनमा केन्द्रित रहेको छ । सबै महिन्द्रा बिक्री केन्द्रहरूमा समान गुणस्तर सेवाका कारण अधिकतम उपभोक्ता सन्तुष्टि पनि पाइरहेको उनले बताए ।

उनले महिन्द्रा गाडी किन्ने ग्राहकहरूले यो थ्री एस सेटअपअन्तर्गत महिन्द्रा अटोमोबाइल्सका सबै उपयोगी सवारीसाधनहरू, एसयूभीहरू, पिकअपसहितका सबै उत्पादनहरू मात्रै नभई महिन्द्रा ट्रयाक्टर मोडलहरुको बिक्री (सेल्स), उत्कृष्ट सेवा (सर्भिस) र सक्कली स्पेयर पार्ट्सको लाभ उपलब्ध गराउनमा समर्पित हुने जानकारी दिए । कुरिनटार र आसपासका ग्राहकहरूलाई अधिकतम सुविधा र किफायती रूपमा कम्पनी र यसका सबै गुणस्तरीय सेवामा पहुँच उपलब्ध गराई लाभ प्रदान गर्ने मूल उद्देश्य राखेर यो नयाँ शोरुम, सर्भिस र स्पेयर पार्ट्स सेन्टर स्थापना गरिएको बताइएको छ ।

कम्पनीका अनुसार यस क्षेत्रमा नयाँ महिन्द्रा शोरुमको स्थापनासँगै आउँदा दिनहरूमा ग्राहक र कम्पनीबीच विश्वास अझ प्रगाढ बन्दै जाने तथा यसले हाल र नयाँ उद्यमी र कृषक÷कृषिकर्मीहरूले लाभ प्राप्त गर्ने विश्वास लिइएको छ । कम्पनीका अनुसार यो थ्रीएस सेटअप सहितको शोरुम अग्नी इन्कर्पोरेटेड प्रालिअन्तर्गतको पूर्ण सुविधाले सुसज्जित आधिकारिक शोरुम हो भने सर्भिस सेन्टर भने बालाजु अटो वक्र्स लिमिटेडअन्तर्गतको सुविधासम्पन्न सर्भिस सेन्टर हो ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया