गौतमबुद्ध विमानस्थलबाट जजिरा र विज एयरको उडान
काठमाडौं । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट जजिरा र विज एयरले उडान भर्ने भएका छन् । यसअघि साताको तीन उडान गरिरहेको कुवेतको जजिरा एयरवेजले विमानस्थलबाट दैनिक उडान सञ्चालन गर्नलागेको हो ।
गौतमबुद्ध विमानस्थलबाट कुवेत उडान गरिरहेको जजिराले आगामी भदौ ३१ देखि दैनिक उडान गर्न लागेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले हाल सातामा तीन उडान गरिरहेको जजिराले सातै दिन उडान सञ्चालन गर्ने तयारी गरेको जानकारी दिए । एयरवेजले अहिले सोमबार, मङ्गलबार र शुक्रबार गरी सातामा तीन उडान गरिरहेको छ । यो गन्तव्यमा यात्रु अकुपेन्सी बढ्दो क्रममा रहेको र नजिकिएको यात्रु संख्या बढ्ने प्रक्षेपणसहित उडान संख्या थपिएको एयरवेजले जनाएको छ । कुवेती एयरलाइन्सले मध्यपूर्वका नेपाल, भारत, पाकिस्तान, श्रीलंका र युरोपमा उडान सञ्चालन गर्दै आएको छ । जेठ २ गतेदेखि व्यावसायिकरुपमा सञ्चालनमा आएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा हाल जजिरा एयरवेजले मात्र अन्तर्राष्ट्रिय उडान गरिरहेको छ ।
यस्तै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट बिज एयरवेजले पनि नियमित उडान सञ्चालन गर्ने तयारी गरेको छ । एयरवेजले आगामी कात्तिक १३ गतेदेखि भैरहवाबाट संयुक्त अरब इमिरेट्स (यूएई)को आबुधावीमा उडान भर्ने प्राधिकरणका प्रवक्ता निरौलाले जानकारी दिए । हङ्गेरीबाट विश्वका विभिन्न देशमा उडान गरिरहेको उक्त एयरवेजले नेपालमा सातामा तीन दिन उडान गर्ने तयारी गरेको छ ।
क्याटेगोरी : कर्पोरेट
ताजा अपडेट
- भान्सामा सिस्नोको परिकार पाक्ने क्रम बढ्दै
- बोर्डलाई नौ अर्ब ६२ करोडबराबरका स्वामित्व हस्तान्तरण
- भ्रष्टाचार अवधारणा सूचकाङ्कमा नेपालको सुधार
- होटल र मदिरा व्यवसायीलाई करको दायरामा आउन आग्रह
- म्युचुअल फण्ड नियमावलीको प्राविधिक त्रुटिमा टेकेर बार्गेनिङ
- मोबाइलबाट दिनमा दुई लाख रुपैयाँसम्म कारोबार
- तलब, पेन्सन र सामाजिक सुरक्षाको रकम वृद्धि सरकारका लागि घाँडो
- २१ सय ११ बिन्दुमा खुम्चियो सेयर बजार
धेरैले पढेको
- घरजग्गामा गरेको लगानी फिर्ता नहुँदा सहकारी समस्यामा
- बहसमा कर्मचारी अवकाश उमेरहद
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- लुम्बिनी जनरल इन्स्योरेन्सले सात प्रतिशत लाभांश दिने
- बैंकहरूको लागि होम लोन नै सुरक्षित
- जाडोभर बिजुली आपूर्तिमा समस्या
- व्यवसायी मुुरारका र राठीको पोस्ता आयातको लाइसेन्स लिने प्रयास असफल
तपाईको प्रतिक्रिया