Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगसिटी सेन्टरमा फुडकोट

सिटी सेन्टरमा फुडकोट


काठमाडौं । झण्डै चार वर्षपछि कमलपोखरीस्थित सिटी सेन्टरमा रहेको फुडकोट सञ्चालनमा आएको छ । कोरोना महामारीअघि बन्द भएको फुडकोट नयाँ व्यवस्थापनसहित सञ्चालनमा आएको हो । टीटीएफसी नाममा सञ्चालनको आएको उक्त फुडकोटको बुधबार एक औपचारिक कार्यक्रमबीच सञ्चालनमा ल्याइएको हो ।

टीटीएफसीको कार्यकारी सञ्चालकमा रोजल शाही र मन्चिन शाक्य रहेका छन् । टीटीएफसीमा बार, कफीशप र फुड आइटमको स्टल छ । विस्तारै अन्य भेराइटीका स्टलहरु पनि थपिँदै जाने सञ्चालकमध्येका रोजल शाहीले बताए । उनले भने, ‘लामो समय यो फुडकोट बन्द थियो । जसका कारण यहाँ नियमित ग्राहकले समेत बिर्सिँदै गएका थिए । अब हामी विस्तारै यहाँको सेवा बढाउँदै लैजानेछौँ ।’

सिटी सेन्टरको चौथो फ्लोरमा रहेको टीटीएफसीसँगै बिग मुभिज छ । फुडकोट बन्द हुँदा सिनेमा हेर्न आउनेहरुलाई खाजाका लागि बाहिर क्याफे जानुपर्ने अवस्था निम्तिएको थियो । तर, टीटीएफसी सञ्चालनमा आएसँगै सजिलो हुने भएको छ । सिनेमा हेर्न आउने दर्शकका लागि मात्र नभएर बाहिर ग्राहकका लागि समेत लक्षित गरेर टीटीएफसी सञ्चालनमा ल्याएको अर्को सञ्चालक मन्चिन शाक्यले बताए । ग्राहकको मागअनुसार टीटीएफसीले लाइभ म्युजिकल इन्टरटेनमेन्ट समेत प्रदान गर्ने उनले बताए ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया