Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगग्यालेक्सी बड्स–२ प्रो, ग्यालेक्सी वाच–५ र वाच–५ प्रो सार्वजनिक

ग्यालेक्सी बड्स–२ प्रो, ग्यालेक्सी वाच–५ र वाच–५ प्रो सार्वजनिक


काठमाडौं । सामसङ इकोसिस्टमले नेपालमा नयाँ ग्यालेक्सी बड्स–२ प्रो र ग्यालेक्सी वाच–५ र वाच–५ प्रो सार्वजनिक गरेको छ । दुवै उपकरणहरुले सामसङले निर्माण गरेको विद्यमान इकोसिस्टमको स्तरोन्नति गरेको छ ।

कम्पनीका अनुसार सामसङको ताररहित स्टेरियो ग्यालेक्सी बड्स २ प्रोले गुणस्तरीय ध्वनि श्रवण गराउँछ, जुन चारैतिर एकदम स्पष्ट स्वरमा उच्च गुणस्तरमा गुञ्जिन्छ । यसमा जडित ताररहित हाइ फाइ २४ बिट अडियो र एक तीक्ष्ण ३६० अडियोले जस्तै भीडमा बसेर पनि युट्युबमा मन्त्रमुग्ध भएर सुन्नमा कुनै व्यवधान आउन दिँदैन । यसमा भएको शक्तिशाली सक्रिय ध्वनि रद्द गर्ने (एएनसी), जसलाई पहिलेको तुलनामा अधिक सुधार गरिएको छ । एएनसिमा भएको स्तरोन्नतिको कारण जहाँ बसेर पनि इकोसिस्टममा जोडिन र ट्युन गर्न सकिनेछ । यसको एयर भेन्ट्स र विण्ड सिल्डमा गरिएको सामान्य सुधार र आकार सानो बनाइएकोले ग्यालेक्सी बड्स २ प्रोले सर्वोत्कृष्ट ध्वनिको गुणस्तर कायमै राखेर पर्याप्त हावा बहने ठाउँ दिन्छ । यी सबै प्रयोगकर्ताहरुको सुविधा र सहजतालाई ध्यानमा राखेर परिवर्तन गरिएको हो । यसको बजार मूल्य २७ हजार नौ सय ९९ रुपैयाँ तोकिएको छ ।

यसैगरी सामसङले ग्यालेक्सी वाच ५ र वाच ५ प्रोलाई विद्यमान उपकरणहरुको क्षमतालाई विस्तार गर्दै प्रस्तुत गरेको हो । यी डिभाइसका पहिलेको संस्करणलाई सुधार गरेर अत्याधुनिक बनाउँदै यसको ब्याट्रीको जीवन, टिकाउपनालगायत उपकरणको सम्पूर्ण सुन्दरतामा स्तरोन्नति गरेको छ । दुवै ग्यालेक्सी वाच ५ र वाच ५ प्रोमा भएको बायोएक्टिभ सेन्सरको प्रयोगले आफ्ना ग्राहकहरुलाई राम्ररी बुझ्नसक्ने बनाइएको छ । बढाइएको सतह क्षेत्र र ग्राहकहरुको नाडीसँग धेरै सिधा सम्पर्क हुनाले अझ बढी सही रुपमा नाप्न सक्ने भएको छ । साथै प्रयोगकर्ताहरुको स्वास्थ्य एवं कुशलताको बारेमा सूक्ष्म रुपले बुझ्न सबै सेन्सरहरुले एकसाथ काम गर्छन । पहिलो पटक यो ग्यालेक्सी वाच जीपीएस जडित भएकोले वाच ५ प्रोले मानिसको चालहरुको पनि रेकर्ड राखेर जानकारी दिन्छ ।

दुवै वाचमा शरीर संरचना मापन गर्ने यन्त्र जडान गरिएको छ, जसले प्रयोगकर्ताहरुलाई वर्कआउटहरु वा प्रशिक्षणद्वारा आफ्नो व्यक्तिगत लक्ष्य तोक्न सहयोग गर्दछ । यस्तै लडेमा, ठेस लागेमा आकस्मिक कलको लागि सम्पर्कमा राखेको व्यक्तिलाई त्यसको जानकारी दिने यन्त्र पनि यसमा राखिएको छ । यसैगरी निदाएको स्कोरको ट्रयाक राख्ने, आरामको समय बढाउने जस्ता विशेषताहरुका साथै तपाईंको निन्द्रा खलबलिन नदिन बत्ती, एसी र टिभी समेतको तालमेल मिलाउने स्मार्ट थिङ्स एप पनि यसमा रहेका छन् । यी दुवै वाच नच्यातिने गरी डि बकल स्पोटर््स ब्याण्डको साथमा धेरै टिकाउ र स्लिक हुने गरी टाइटेनियम आवरणमा उपलब्ध छ । कम्पनीका अनुसार वाच ५ (४०एमएम) को ३९ हजार नौ सय ९९ रुपैयाँ, वाच ५ (४४एमएम)को ४४ हजार नौ सय ९९ रुपैयाँ र वाच ५ प्रोको मूल्य ६४ हजार नौ सय ९९ रुपैयाँ कायम गरिएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया