Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगस्टाइलिस र विभिन्न विशेषताहरुका साथ हुन्डाई औरा

स्टाइलिस र विभिन्न विशेषताहरुका साथ हुन्डाई औरा


काठमाडौं । हुन्डाईका गाडीहरू नेपाली उपभोक्ताहरूका लागि प्रमुख रोजाइको गाडी बनेका छन् । हुन्डाईले पनि ग्राहकहरूलाई उत्कृष्ट सेवा प्रदान गर्न प्रिमियम उत्पादनहरुलाई निरन्तरता दिइरहेको छ । सोहीअनुसार हुन्डाई औरा नेपाली ग्राहकहरूको ‘भाइब्रेन्स अफ पोजिटिभिटी’ र ’स्पिरिट टु गो द डिस्टेन्स’द्वारा परिभाषित गरिएको छ ।

पुरानो गाडीबाट अपग्रेड वा नयाँ गाडी किन्दा ग्राहकहरुका लागि हुन्डाई औरा एउटा असल रोजाइ हुन सक्छ । यसको उत्कृष्ट डिजाइनले हुन्डाईको विशिष्ट शैली व्याख्या गर्दै आधुनिक र आकर्षक शैलीलाई व्यक्त गर्छ । हुन्डाई औराको अगाडिको भागमा बुमेराङ डेटाइम रनिङ ल्याम्प्स, प्रिमियम सटिन फ्रन्ट ग्रिल र प्रोजेक्टर टाइप फग ल्याम्प्स जडान गरिएको छ । कपजस्तो ढाँचा र युनिक क्यारेक्टर लाइन्सले यो गाडीलाई अझै आकर्षक देखाएको कम्पनीको भनाइ छ । यसमा प्रयोग भएको आर १४ डायमण्ड कट टाइप अल्वे ह्विलले यसको साइड प्रोफाइल आकर्षक देखाउँछ । साथै हुन्डाई औराको पृष्ठभागको आकार निकै भिन्न रहेको बताइएको छ । आकर्षक रुप, सवारीको सहज अनुभव र आधुनिक प्रविधिको सन्तुलित संयोजन हुन्डाई औरामा पाइने कम्पनीको भनाइ छ ।

कम्पनीका अनुसार उत्कृष्ट ड्राइभिङ प्रदर्शन र गतिशीलताले औरा चलाउँदा सहज अनुभव गराउँछ । यसमा प्रमाणित १.२ एल कप्पा ड्युल भीटीभीटी पेट्रोलले ६ हजार आरपीएम एट ८३ पीएस पावर र चार हजार आरपीएम एट ११.६ केजीएम सुधारिएको इन्धन दक्षता प्रदान गर्दछ । औरा आफ्नो सेगमेन्टमा सबैभन्दा इन्धन इफिसियन्ट गाडी हो । हुन्डाईले आजको बजारको आवश्यकताअनुरूप उत्पादनहरू क्युरेट गर्दै आएको छ । सोही कुरा हुन्डाई औराको आरामदायी र सहज विशेषताहरुमा स्पष्ट देखिन सकिने कम्पनीको दाबी छ । यसको आरामदायी क्याबिन, ग्लोभ बक्स कुलिङ, कप होल्डरसहितको रियर सेन्टर आर्मरेस्ट, एड्जसटेबल रियर हेडरेस्ट, रियर एसी भेन्ट्स, किलेस इन्ट्री, स्टियरिङ ह्विल माउन्टेड कन्ट्रोल्स, उत्कृष्ट ४०२ लिटरको बुट स्पेस र अन्य विशेषताहरूसहित औराको सम्पूर्ण क्याबिन प्रिमियम र धेरै व्यावहारिक बनाइएको छ ।

हुन्डाई औराको बनावट गुणस्तर उच्च रहेको छ । एकीकृत ६५ प्रतिशत एएचएसएसले डिजाइन गरिएको हुदा, शरीरको संरचना हलुका भए पनी बनावट मजबुद रहेको कम्पनीले जनाएको छ । नेपाली बजारमा हुन्डाई औराको प्रारम्भिक मूल्य ३६ लाख ५६ हजार रुपैयाँ छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया