Techie IT
×
गृहपृष्ठकर्पोरेट‘बिजबजार भव्य उत्सव’ योजना

‘बिजबजार भव्य उत्सव’ योजना


काठमाडौं । बिजबजारले चाडपर्वलाई लक्षित गर्दै ‘बिजबजार भव्य उत्सव’ नामक योजना सार्वजनिक गरेको छ । चाडपर्वमा सेवाग्राहीहरुले अफरहरुलाई नै बढी प्राथमिकता दिने हुँदा सोहीअनुसार नै यो योजनालाई बजारमा ल्याएको बिजबजारले जनाएको छ ।

बिजबजार भव्य उत्सव अन्तर्गत सबै सेवाग्राहीहरुले विभिन्न सामानहरु खरिद गर्दा ७० प्रतिशतसम्म छुटसहित विविध आकर्षक उपहारहरु एवं बम्पर उपहारहरु समेत प्राप्त गर्न सक्नेछन् । कम्पनीले यस योजनाअन्तर्गत विभिन्न मनोरञ्जनात्मक क्रियाकलापहरु पनि सञ्चालन गर्ने जनाएको छ । जहाँ भाग्यशाली सेवाग्राहीहरु तथा विजेताहरुले विभिन्न उपहारहरु जित्ने मौका प्राप्त गर्नेछन् । योजनाअन्तर्गतका विभिन्न अफरहरुको विस्तृत जानकारी बिजबजारले आधिकारिक वेबसाइट तथा सामाजिक सञ्जालमा प्रकाशित गर्ने हुँदा सेवाग्राहीहरुले सो मार्फत आवश्यक जानकारी प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।


क्याटेगोरी : कर्पोरेट

तपाईको प्रतिक्रिया