Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योग२०२२ संस्करणको नेक्स्ट–जेन फोर्ड रेन्जर नेपाली बजारमा

२०२२ संस्करणको नेक्स्ट–जेन फोर्ड रेन्जर नेपाली बजारमा


काठमाडौं । जीओ अटोमोबाइल्स प्रालिले २०२२ संस्करणको २.० लि. सिंगल टर्वो र बी–टर्वो युक्त नेक्स्ट जेन फोर्ड रेन्जर नेपाली बजारमा भित्र्याएको छ । नेक्स्ट जेन फोर्ड रेन्जरले जुन सुकै बाटोमा आनन्ददायी सवार प्रदान गर्ने कम्पनीको दाबी छ । यसको अफ– रोड क्षमता, टोईङ्ग तथा तौलयुक्त ढुवानी क्षमता, दरिलो बनावट इन्धन किफायती इन्जिनका कारण यो पिकअप हरेकको रोजाइमा पर्ने कम्पनीको विश्वास छ ।

कम्पनीका अनुसार नेक्स्ट–जेन रेन्जर ६–स्पिड र १०–स्पिड अटोमेटिक ट्रान्समिसनमा उपलब्ध छन् । हालको रेन्जरमा रहेको जस्तै ६–स्पिड ट्रान्समिसन प्रमाणित स्वचालित ट्रान्समिसन हो । यसले गाडीको गति, सडकको अवस्था हेरी सही समयमा सही गेयर लगाई सवारीलाई सहज बनाउँछ । नेक्स्ट–जेन रेन्जरको १०–स्पिड अटोमेटिक ट्रान्समिसनलाई पनि अपग्रेड गरिएको छ । यसमा टर्क कन्भर्टरको साथमा अपडेटर सिफ्ट ढाँचा जस्ता परिष्कृत नियन्त्रणहरु समावेश गरेका छन् । साथै यसमा रहेको इलेक्ट्रिक पार्किङ्ग ब्रेकले साहसिक तथा अफ–रोड ड्राइभमा गाडी हाक्न थप सजिलोपन तथा आत्मविश्वास प्रदान गर्ने कम्पनीको भनाइ छ । रेन्जरमा रहेको यो फिचर मध्यम पिकअपहरुमध्ये यसमा मात्र रहेको छ । रेन्जर अटो ट्रान्समिसन गियर सिफ्टको साथ उपलब्ध छ, जसमा पी, आर, एन, डी गियरहरू स्पोर्ट मोडको लागि बटनहरू छन् । नेक्सट जेन फोर्ड रेन्जरमा नर्मल ईको, टो÷हौल र स्लिपरी, मड÷रुट्स र स्यान्ड गरी चार अन रोड र दुई अफ–रोड मोडहरू छन् । यी मोडहरूले गियरशिफ्ट, थ्रोटल रेस्पोन्स, स्थिरता नियन्त्रणहरू, एविएस र थप सबै कुरामा समायोजन गर्दछ ।

नेक्स्ट जेन रेन्जरको डिस्प्ले स्क्रिन र बटनहरु चलाउनलाई सहज हुने हिसाबले राखिएको छ । यसबाट सजिलैसँग म्यानुअल सिस्टम तथा डुअल जोन अटोमेटिक एसी छनौट गर्न सकिनेछ । यस्तै नेक्स्ट–जेन रेन्जरले सात किलोमिटर प्रतिघण्टाको गतिमा ८०० एमएमसम्मको वाटर वेडिङको क्षमता प्रदान गर्दछ । नेक्स्ट–जेन रेन्जरले सडकमा जस्तै पानीमा पनि सजिलैसँग ड्राईभ सुनिश्चित गर्न व्यापक कम्प्युटर–सहायतामा शीर्ष इन्जिनियरिङहरुको परीक्षण तथा निगरानीमा पानीमा अगाडि र पछाडि दुवैतर्फ कठोर रुपमा परीक्षण गरेको हुन्छ । अन्डरबडी प्रोटेक्सनले गाडीलाई अफ रोडमा चलाउँदा यसको अत्यावश्यक कम्पोनेन्टहरू सुरक्षित गर्न मद्दत गर्छ । नेक्स्ट–जेन रेन्जरका सेलेक्ट मोडलहरूमा स्टेयरिङ, सम्प, ट्रान्समिसन र ट्रान्सफर केसका लागि सुरक्षात्मक अन्डरबडी शिल्डहरू रहेका छन् । ग्राहकहरुको छनौट तथा मूल्यको आधारमा प्लास्टिक अन्डरबडी प्रोटेक्सन शिल्ड पनि उपलब्ध छ । यी शिल्डहरु सुरक्षित रूपमा सवारीसाधनको चेसिसमा बोल्ट गरिएको छ, जसले गाडीको पूर्ण बडी संरचनासँग पूरकको रुपमा रहन्छ ।

नेपालमा २०२२ नेक्स्ट–जेन फोर्ड रेन्जरको लागि आकर्षक परिचयात्मक मूल्य एक्सएल मोडेलको लागि एक करोड पाँच लाख ९० हजार रुपैयाँ, एक्सएलटीको लागि एक करोड १९ लाख ९० हजार रुपैयाँ र वाइल्डट्रयाकको लागि एक करोड ४५ लाख ९० हजार रुपैयाँ तोकिएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया