Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगदराजले डेलिभरीका लागि विद्युतीय स्कुटर प्रयोग गर्ने

दराजले डेलिभरीका लागि विद्युतीय स्कुटर प्रयोग गर्ने


काठमाडौं । अनलाइन बजार दराजले डेलिभरीको लागि विद्युतीय बाइक प्रयोग गर्ने भएको छ । कम्पनीले हालै १० वटा ओकिनावा डुअल इलेक्ट्रिक बाइक खरिद गरेको जनाएको छ ।

उक्त बाइक काठमाडौं उपत्यकामा डेलिभरी गर्न प्रयोग गरिने छ । दराजको थसिखेल हबमा शुक्रबार आयोजित कार्यक्रममा दराज नेपालकी प्रबन्धनिर्देशक आँचल कुँवरले कम्पनीका गोपीकृष्ण, सोल्टीमोड र थसिखेल हबका डेलिभरी हिरोहरुलाई विद्युतीय बाइकको साँचो हस्तान्तरण गरेकी छिन् । विशेष गरी धुम्वाराही, चाबहिल, कपन, कुलेश्वर, कालीमाटी, न्युरोड, नागार्जुन, पुलचोक, सानेपा, जावलाखेललगायतका केही क्षेत्रका ग्राहकलाई सामान पु-याउन विद्युतीय बाइकको प्रयोग गरिने छ । यस नयाँ पहलमार्फत, दराजले आयातित इन्धनको खपतलाई स्वदेशमै उत्पादन हुने ‘क्लिन एण्ड ग्रिन’ बिजुलीले प्रतिस्थापन गर्ने र वातावरणमा कार्बन फुटप्रिन्ट कम गर्ने अपेक्षा गरेको छ ।

साथै, कम्पनीले दुई र चारपांग्रे दुवै खण्डमा आफ्नो फ्लीटमा विद्युतीय सवारीसाधनको संख्यालाई थप विस्तार गर्ने योजना रहेको पनि बताएको छ । दराजकी प्रबन्धनिर्देशक आँचल कुँवरले प्याकेजिङमा पनि लगभग ८० प्रतिशतको लागि पुनः प्रयोग गरिएको कागज प्रयोग गर्ने गरेको र पूर्ण रूपमा कागजविहीन जाने प्रयासमा रहेको बताइन् । यस्तै उनले थसिखेल हबमा रेन वाटर हार्वेस्टिङ प्रणाली पनि लागू गरिरहेको जानकारी दिइन् । 


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया