टीभीएसको ‘कायापलट’ योजनामा विराटनगरका पाण्डेले जिते १० लाख
काठमाडौं । नेपालका लागि टीभीएसको आधिकारिक वितरक कम्पनी जगदम्बा मोटर्सले चाडपर्वलाई मध्यनजर गर्दै ल्याएको ‘कायापलट’ नामको विशेष योजनामा विराटनगरका मुरारी पाण्डेले १० लाख रुपैयाँ जितेका छन् ।
कम्पनीले उक्त योजना सर्वाजानिक गरेको एक महिना पनि नपुग्दै पाण्डेले केशरीचन्द भंवरलाल एण्ड कम्पनीबाट टीभीएस रेडर नकिन्दै पाँच हजार र किनेपछि दश लाख नगद रुपैयाँ पुरस्कार जित्न सफल भएका हुन् । साथै जनकपुरका राजदेव मुखियाले आरएन अटोमोबाइल्सबाट टीभीएस रेडर खरिद गर्दा शतप्रतिशत क्यासब्याक पाउन सफल भएका छन् ।
यसैगरी धापासी निवासी भुजेन्द्र सारु मगरले पनि बौद्ध टुसालको अटो साउन्ड ट्रेडर्स प्रालिबाट एन्टर्क १२५ रि एफआई स्कुटर खरिद गर्दा शतप्रतिशत क्यासब्याक पाएका छन् । कम्पनीका अनुसार हालसम्म लगभग २० जनाले मोबाइल फोन र त्यति नै ग्राहकहरुले लाखौँको नगद उपहार पाएका छन् । ‘कायापलट’ योजनाअन्तर्गत ग्राहकले टीभीएसको मोटरसाइकल र स्कुटर खरिद गर्दा पाँच पटकसम्म आकर्षक उपहार प्राप्त गर्न सक्छन् । यो योजनामा नकिन्दै एक लाख र खरिद गरेपछि दश लाखसम्म जित्ने मौका छ ।
यस्तै हरेक दिन योजनाबारे सोधपुछ गर्ने एक भाग्यशाली विजेतालाई रियलमी सी३० स्मार्टफोन प्रदान गरिन्छ । साथै हरेक हप्ता एक खरिदकर्तालाई सम्पूर्ण नगद फिर्ता गर्ने र एक भाग्यशाली विजेतालाई बम्पर उपहार ५० लाख रुपैयाँको नगद पुरस्कार उपलब्ध गराइने कम्पनीले जनाएको छ । यो योजनामा बबाल फाइनान्स अफर पनि समावेश छ । जसअन्तर्गत २० प्रतिशत डाउनपेमेन्ट वा चार हजार दुई सय रुपैयाँको मासिक ईएमआईमा बाइक तथा स्कुटर किन्न सकिनेछ ।
यो योजना देशभर सीमित अवधिको लागि उपलब्ध हुने बताइएको छ । साथै विजेताहरूको घोषणा प्रत्येक मंगलबार लक्की ड्रमार्फत साँझ ५ बजे जगदम्बा मोटर्सको आधिकारिक फेसबुक पेजमा प्रत्यक्ष प्रसारण हुँदै आएको छ ।
क्याटेगोरी : कर्पोरेट
ताजा अपडेट
- एमएच–१७ क्षेप्यास्त्र आपूर्तिमा पुटिनले स्वीकृति दिएको हुनसक्ने अनुसन्धानकर्ताको भनाइ
- समृद्धिको आधार साक्षरताको विकास र विस्तार
- पर्यावरण संरक्षणमा सिमसारको महत्व
- एकीकृत कार्ययोजना कार्यान्वयनको अपेक्षा
- एमडीएमएस प्रणाली तत्काल लागू गर्न माग
- ‘एक नेपाली एक पर्यटक’ भित्र्याउने गरी योजना ल्याउन चेम्बरको सुझाव
- सोलु दुधकोशी आयोजनाको परीक्षण सुरु
- सडक नै नपुगेको पालिकाको इन्धन खर्च पाँच लाख !
धेरैले पढेको
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- घरजग्गामा गरेको लगानी फिर्ता नहुँदा सहकारी समस्यामा
- लुम्बिनी जनरल इन्स्योरेन्सले सात प्रतिशत लाभांश दिने
- व्यवसायी मुुरारका र राठीको पोस्ता आयातको लाइसेन्स लिने प्रयास असफल
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- जाडोभर बिजुली आपूर्तिमा समस्या
तपाईको प्रतिक्रिया