Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगबिजबजारको दशैँ अफर : निःशुल्क डेलिभरीदेखि ७८ प्रतिशतसम्म छुट

बिजबजारको दशैँ अफर : निःशुल्क डेलिभरीदेखि ७८ प्रतिशतसम्म छुट


काठमाडौं । ई–कमर्स प्लेटफर्म बिजबजारले दशैँ, दीपावली, नेपाल संवत्, ल्होसार, छठ लगायतका पर्वहरुको अवसर पारेर ‘विजबजार भव्य उत्सव’ नामक योजना सार्वजनिक गरेको छ ।

बिजबजारले चाडबाडको उमङ्ग भव्य अफरसँग भन्ने नाराका साथ यो योजना सञ्चालनमा ल्याएको हो । चाडपर्वमा सेवाग्राहीले अफरहरूलाई नै बढी प्राथमिकता दिने हुँदा उनीहरूका मागअनुसार नै यो योजनालाई बजारमा ल्याएको कम्पनीले जनाएको छ । यो योजना असोज १० गते घटस्थापनादेखि कात्तिक १३ गतेसम्म सञ्चालनमा रहनेछ । यो पटक कम्पनीले नेपाली ब्रान्डलाई पनि प्राथमिकतामा राखेको छ, जसमा हामी नेपाली भन्ने योजनाअन्तर्गत ग्राहकले प्रत्येक नेपाली सामानको खरिदमा उपहार पनि पाउनेछन् । नेपाली उत्पादनको प्रयोग र बजारीकरणलाई प्रोत्साहन गर्न कम्पनीले यो योजना सार्वजनिक गरेको बताएको छ ।

यो अफरअन्तर्गत सबै वर्गका सेवाग्राहीले विभिन्न क्याटेगोरिजका सामान खरिद गर्दा ७८ प्रतिशतसम्म छुटसहित विविध रोमाञ्चक र आकर्षक योजना तथा उपहार एवं बम्पर उपहारसमेत प्राप्त गर्न सक्नेछन् । कम्पनीले यस योजनाअन्तर्गत विभिन्न मनोरञ्जनात्मक क्रियाकलाप पनि सञ्चालन गर्ने जनाएको छ । जहाँ भाग्यशाली सेवाग्राही तथा विजेताले विभिन्न आकर्षक उपहार जित्ने मौका प्राप्त गर्नेछन् । यस योजनाअन्तर्गत कम्पनीले तीन भाग्यशाली ग्राहकको लागि मेगा बम्पर उपहारको पनि व्यवस्था गरेको छ । जसमा पहिलो उपहार मी ६५ इन्च अल्ट्र फोरके टिभी एण्ड मी साउण्ड वार, दोस्रोमा रियलमी ९ प्रो फाइभजी र तेस्रो उपहारमा सामसङ सिंगल डोर रेफ्रिजेनेरेटर १९२ लिटर रहेको छ । साथै काठमाडौँ उपत्यकाका ग्राहकको लागि घटस्थापनादेखि असोज २३ गतेसम्म निःशुल्क होम डेलिभरीको सुविधा समेत रहेको कम्पनीले जनाएको छ ।

कम्पनीले दशैँमा १० कोसेलीअन्तर्गत ‘गेस द कोसेली’ भन्ने अफर पनि सँगै ल्याएको छ । कम्पनीका अनुसार यसमा सहभागी हुनका लागि सुरुमा कम्पनीको आधिकारिक फेसबुक र इन्स्टाग्राममध्ये कुनै एकमा जानुपर्ने हुन्छ । त्यहाँ कम्पनीले सामानको बारेमा केही जानकारी दिएर अब त्यो सामान चिन्नुहोस् भन्ने आशय प्रस्तुत गर्दछ । ग्राहकले कम्पनीको वेबसाइटमा गएर त्यो सामान चिनेर त्यसको स्क्रिनशट सो प्रश्नको कमेन्ट बक्समा सेन्ट गर्नुपर्ने हुन्छ । उत्तर मिलाउनेमध्ये एक जनालाई कम्पनीले सोही सामान उपहारस्वरूप दिनेछ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया