Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगदराजको बिजेस्ट सेल ११.११ सुरु, ८० प्रतिशतसम्म छुट

दराजको बिजेस्ट सेल ११.११ सुरु, ८० प्रतिशतसम्म छुट


काठमाडौं । अनलाइन बजार दराजको वर्षको सबैभन्दा ठूलो सेल ११.११ सुरु भएको छ । यो अभियान बिहीबार मध्यरातबाट सुरु भएको हो ।

कम्पनीका अनुसार यसवर्षको ११.११ विगतका वर्षहरूभन्दा ठूलो हुनेछ । साथै आफ्ना ग्राहकहरूलाई थप आकर्षक र रोमाञ्चक सपिङ अनुभव प्रदान गर्ने दराजले आश्वासन दिएको छ । यस अभियानको मुख्य हाइलाइटहरू भने ११ लाख सामानहरूमा ८० प्रतिशतसम्मको छुट, ११ हजार एक सय ११ रूपैयाँसम्मको मेगा भौउचर, प्रि–पेमेन्टमा २० प्रतिशतको छुट, खेल एक रूपैयाँ र मेगा गिभअवेको रूपमा ११ ६५ इन्चको मी टीभी रहेको कम्पनीले जानकारी दिएको छ । बैंक र प्रिपेमेन्ट छुटको सन्दर्भमा, ११.११ मा किनमेल गर्ने ग्राहकहरूले क्रेडिट कार्डमार्फत २० प्रतिशत र डेबिट कार्डमार्फत १५ प्रतिशतसम्म बचत गर्न पाउनेछन् । नबिल बैंक, सिद्धार्थ बैंक, कुमारी बैंक, ग्लोबल आईएमई बैंक, एनआईसी एसिया बैंक, सानिमा बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक, माछापुच्छ«े बैंक लिमिटेड, एभरेष्ट बैंक, हिमालयन बैंक, सनराइज बैंक, मेगा बैंक, एनएमबी बैंक, सिटिजन्स बैंक, नेपाल बैंक, एनसीसी बैंक, नेपाल एसबीआई बैंक, सेन्चुरी बैंक, ज्योति विकास बैंक, सांग्रिला बैंक र कामना सेवा बैंकका ग्राहकहरूले उक्त छुटहरू प्राप्त गर्नसक्ने कम्पनीले जनाएको छ ।

त्यसैगरी आफ्नो आईएमई–पे वालेटमार्फत भुक्तानी गरेमा १५ प्रतिशतसम्मको अतिरिक्त छुट प्राप्त गर्ने अवसर पनि रहेको कम्पनीले जनाएको छ । साथै, एनआईसी एसिया बैंक, सनराइज बैंक, सिटिजन्स बैंक र माछापुच्छ«े बैंकका ग्राहकहरूले क्रेडिट कार्डमार्फत शून्य प्रतिशत ब्याजको सहज मासिक किस्ता योजना (ईएमआई) पनि प्राप्त गर्न सक्नेछन् ।

त्यसैगरी, दराजका सबै प्रमुख क्याम्पेनहरू जस्तै, ११.११ मा धेरै लोकप्रिय खेल ‘एक रूपैयाँ’ पनि रहेको छ । जहाँ ग्राहकहरूले मात्र एक रूपैयाँमा हजारौँ मूल्यका उत्कृष्ट उत्पादनहरू जित्ने मौका पाउँछन् । ग्राहकहरूले केवल एक रूपैयाँमा अमेजफिट जीटीएस ४ मिनी, रियलमी ९आई फाइभजी स्मार्टफोन, वेबर माइक्रोवेब, ट्रान्क्विलिटी स्पा सिरोधारा नर्भ रिस्टोरेसन मसाज, दुई जनाको लागि हाइग्राउन्ड एडभेन्चर जिप फ्लायरहरू, दुई जनाको लागि हाइग्राउन्ड एडभेन्चर स्काइ स्क्रिमर, पोखरा प्याकेज एक रात दुई दिन एक जोडीका लागि र टाइटन स्मार्ट वाच जित्न सक्नेछन् । यस खेलमा सहभागी हुनको लागि ग्राहकहरूले अनलाइन प्रीपेमेन्टमार्फत एक रूपैयाँ अग्रीम भुक्तानी गर्नुपर्दछ । एक पटक अफर समाप्त भएपछि सबै सहभागीहरूलाई एक रूपैयाँ फिर्ता गरिनेछ ।

यसैगरी दराज दशैँ धमाकामा प्रमुख राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्रान्डहरूबाट विशेष डिल र छुटहरू उपलब्ध हुनेछ भने ग्राहकहरूले आफ्नो मनपर्ने ब्रान्डहरूमा ८० प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन् । अभियानका लागि डायमन्ड पार्ट्नर्समा बाल्ट्रा, लोट्टो, वाओ, गोल्डस्टार र बेस्मार्क रहेका छन् भने गोल्ड पार्टनरहरूमा मामाअर्थ, जिन्सवेस्ट, रोह्टो, किउएनयिउ र भायानेट रहेका छन् । यस्तै सिल्भर पार्टनरहरूमा आमय्रा फेसन हाउस, ब्रिल्लारे, नाटुरो अर्थ, सेटाफिल, मी र आस्टाबेरी रहेको कम्पनीले जानकारी दिएको छ । अभियानका थप हाइलाइटहरूमा एड टु कार्ट, हट पिक्स, ब्रान्ड अफ द डे, फ्री डेलिभरी, रिभ्यु एन्ड विन र नयाँ प्रयोगकर्ता भौचरहरू समावेश छन् । 


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया