Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगअप्टिकल फाइबरको समस्याले सञ्चार सेवा बन्द

अप्टिकल फाइबरको समस्याले सञ्चार सेवा बन्द


बैतडी । अप्टिकल फाइबरमा समस्या आउँदा सुदूरपश्चिम प्रदेशका बैतडी र दार्चुलाको सञ्चार सेवा बन्द भएको छ । बैतडीको कटपतेदेखि सदरमुकाम गोठलापानी क्षेत्रमा रहेको अप्टिकल फाइबरमा समस्या आउँदा मंगलबार दिउँसो ३ बजेदेखि सञ्चार सेवा अवरुद्ध भएको हो ।

अप्टिकल फाइबरमा समस्या आएकाले नेपाल टेलिकमको मोबाइल, ल्यान्डलाइन र इन्टरनेट सेवा अवरुद्ध भएको छ । मोबाइल तथा इन्टरनेट सेवा अवरुद्ध हुँदा दुवै जिल्लाका हजारौँ सेवाग्राही मारमा परेका छन् । मोबाइल, फोन सेवा र इन्टरनेट नहँदा स्थानीय नागरिक सञ्चारविहीन हुनुका साथै निर्वाचनको मतपरिणामको अपडेट दिन पनि समस्या भएको सञ्चारकर्मीले बताएका छन् ।

नेपाल टेलिकम बैतडीका प्रमुख विक्रम टमटाका अनुसार कटपतेदेखि सदरमुकाम गोठलापानी क्षेत्रमा रहेको अप्टिकल ‘ब्रेक’ हुँदा समस्या भएको र मर्मतका लागि प्राविधिक टोली खटिएको छ । उनले भने, ‘बैतडी र डडेल्धुराका प्राविधिकहरु खटिएका छन् । चाँडै सेवा सुचारु गर्न लागि परेका छौँ ।’ 


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया