Techie IT
×
गृहपृष्ठकर्पोरेटयाडियाको स्कुटर खरिदमा बम्पर फिफा वर्ल्डकप अफर

याडियाको स्कुटर खरिदमा बम्पर फिफा वर्ल्डकप अफर


काठमाडौं । नेपालको लागि याडिया ब्राण्डका विद्युतीय स्कुटरको आधिकारिक बिक्रेता कुजु नेपालले बम्पर फिफा वर्ल्डकप अफर घोषणा गरेको छ ।

विश्वकप फुटबल चलिरहेको समयमा खरिद गरिएका याडिया ब्राण्डका ई–स्कुटर खरिदकर्ताले छुट पाउनुका साथै विभिन्न प्रकारका बम्पर उपहार पनि पाउने कम्पनीले जानकारी दिएको छ । कम्पनीका अनुसार फिफा वर्ल्डकप २०२२ को अवसरमा याडिया ब्राण्डका विद्युतीय स्कुटर खरिद गर्नेहरुले २० हजार रुपैयाँ छुट पाउनेछन् । यस्तै, गोलाप्रथाबाट तीन जना भाग्यशाली उपभोक्ताले ४१ हजार रुपैयाँदेखि ९० हजार रुपैयाँसम्मको एलजीको टेलिभिजन र रेफ्रिजेरेटर उपहार पाउनेछन् ।

प्रत्येक याडिया ई–स्कूटरको खरिदमा प्रत्येक ग्राहकलाई उपहारहरुको व्यवस्था गरिएको कम्पनीले जनाएको छ । साथै एक्सचेन्जको अवसर पनि उपलब्ध गराइएको बताइएको छ ।


क्याटेगोरी : कर्पोरेट

तपाईको प्रतिक्रिया