Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगचर्को ब्याजदरविरुद्ध बुटवलमा पनि विरोध प्रदर्शन

चर्को ब्याजदरविरुद्ध बुटवलमा पनि विरोध प्रदर्शन


काठमाडौं । नाडाको लुम्बिनी प्रदेशअन्तर्गत रहेको संस्थागत सदस्य लुम्बिनी अटोमोबाइल्स एसोसिएसन नेपालले चर्को ब्याजदरको विरुद्धमा बुटवल प्रदर्शन गरेको छ । एसोसिएसनले बुटवलको बसपार्कमा शान्तिपूर्ण विरोध कार्यक्रमको आयोजना गरेको हो ।

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले घोषणा गरेको देशव्यापी आन्दोलनअन्तर्गत त्यस एसोसिएसनले पनि प्लेकार्डसहित विरोध प्रदर्शन गरेको हो । सो एसोसिएसनका अध्यक्ष गणेश भट्टराईले सरकारले कार, जिप र भ्यानजस्ता निजी प्रयोजनका सवारीसाधनहरुको आयात खुला गरे पनि बैंकहरुको उच्च ब्याजदरका कारण सवारीसाधनहरुको बिक्रीवितरण हुने वातावरण बन्न नसकेको दुःखेसो गर्दै अझै थुप्रै जटिलताहरु रहेको बताएका थिए । यसअघि उक्त एसोसिएसनका पदाधिकारीहरुले नेपाल राष्ट्र बैंक भैरहवामा ज्ञापनपत्र समेत बुझाएका थिए ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x