Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगविराट एक्स्पोको औद्योगिक प्रदर्शनीमा अवलोकनकर्ताको आकर्षण

विराट एक्स्पोको औद्योगिक प्रदर्शनीमा अवलोकनकर्ताको आकर्षण


विराटनगर । उद्योग संगठन मोरङले विराटनगरको डिग्री कलेज मैदानमा आयोजना गरेको विराट एक्स्पोमा राखिएको परम्परागत सीपका स्टलमा अवलोकनकर्ताहरूको आकर्षण देखिएको छ ।

आगामी पुस ६ गतेसम्म सञ्चालन हुने विराट एक्स्पो २०७९ कृषि तथा औद्योगिक अन्तर्राष्ट्रिय प्रदर्शनीमा माटाका भाँडा र कपडा बनाएको धेरै जसोले नदेखेका कारण परम्परागत रुपमा माटोको भाँडा बनाउने र ढाका तथा खाँडीका कपडा बनाउने स्टलमा आगन्तुकको आकर्षण देखिएको हो । कपडा कसरी बन्छ भन्ने धेरैले नदेखेका कारण परम्परागत सीपको प्रयोग गरेर कपडा बनाएको हेर्न धेरै मानिसहरू आइरहेको पंधाक थाकुफुङजइत खाँडी तथा ढाका कपडा उद्योगका सञ्चालक टटबहादुर लिम्बू (पंधाक)ले बताए । परम्परागत शैलीबाट यहाँ कपडा बनाएको देखेर धेरै जना अचम्म परेको बताउँदै टटबहादुर लिम्बूले भने, ‘धेरै जना हाम्रो स्टलमा आएर कपडा बनाएको हेरेर र बुझेर जानुभयो । यहाँ आउने अधिकांशलाई परम्परागत कपडा बुनाइबारे थाहा रहेनछ ।’

एक्स्पोमा राखिएको परम्परागत माटोको भाँडा बनाउने स्टलमा पनि उस्तै भीड लाग्ने गरेको छ । माटोको भाँडा बनाएको हेर्न मात्रै नभई भाँडा बनाउन पनि पाइने भएकाले माटोको भाँडा बनाउने स्टलमा आकर्षण देखिएको हो । माटोको भाँडा बनाएको हेर्न धेरै मानिसहरू आइरहेको भक्तपुरबाट आएका विनोद प्रजापतिले बताए । उनले माटोको भाडा बनाउन हेर्न तथा सिक्न र जान्नका लागि पनि मानिसहरु आएको बताए । परम्परागत प्रविधिको जगेर्ना गर्दै लैजानुपर्छ भन्ने मान्यताका साथ एक्स्पोमा पराम्परागत सीपका स्टलहरू राखिएको आयोजक उद्योग संगठन मोरङले जनाएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x