बेकोका उत्पादनहरुमा १२ वर्षसम्मको पार्ट्स वारेन्टी
काठमाडौं । युरोपको टप होम अप्लायन्सस ब्रान्ड बेकोका उत्पादनहरुको खरिदमा एक वर्षसम्मको पार्ट्स वारेन्टी प्रदान गरिएको छ । बेकोका सम्पूर्ण उत्पादनहरुमा शतप्रतिशत पार्ट्स उपलब्धता र आफ्टर सेल्स सर्भिसको ग्यारेन्टी दिएको कम्पनीको भनाइ छ ।
हालै कम्पनीले जाडो मौसमलाई लक्षित गर्दै ‘वेलकम विन्टर’ नामक योजना पनि नेपाली बजारमा सार्वजनिक गरेको छ । उक्त योजनाअन्तर्गत ग्राहकहरुले बेको ब्राण्डका जाडो मौसममा प्रयोग हुने सामानहरु खरिदमा आकर्षक उपहारहरु प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ । जसअनुसार वासिङ मेसिन र वासर ड्रायरको खरिदमा छ किलोको सर्फ एक्सेल म्याटिक वासिङ पाउडर उपहार पाइन्छ भने डिसवासरको खरिदमा दुई प्याकेट फोर्चुन डिशवासर ट्याब्लेट उपहार पाइन्छ । साथै एअर कन्डिसनरको खरिदमा चार हजार रुपैयाँबराबरको फ्रि इन्स्टलेसन पाइन्छ । उक्त योजना सीमित अवधिका लागि लागू गरिएको छ । कम्पनीका सीजी डिजिटल शोरुमहरु काठमाडौंभित्र टंगाल, कुमारीपाटी, भक्तपुर राधे राधे, कीर्तिपुर, रविभवन, हात्तीगौडा, त्रिपुरेश्वर, नयाँ बजार, वसुन्धारा, जोरपाटी र काठमाडौंबाहिर इटहरी, हेटौंडा, भरतपुरमा रहेका छन् ।
क्याटेगोरी : कर्पोरेट
ताजा अपडेट
- अन्ततः २१ सय ९४ बिन्दुमा खुम्चियो सेयर बजार
- नबिल बैंकका ग्राहकलाई शाओमी ब्रान्डका सामानको ईएमआई सुविधा
- रिलायन्स लाइफ इन्स्योरेन्स र सन्चो हस्पिटलबीच सम्झौता
- स्टान्डर्ड चार्टर्ड बैंकले दुई अर्ब ४० करोड रुपैयाँबराबरको ऋणपत्र जारी गर्ने
- विकासको नयाँ ढाँचा स्थापनामा चिनियाँ राष्ट्रपतिको जोड
- नेत्रज्योति संघलाई जापानले स्वास्थ्य उपकरण दियो
- म्याद सकियो, सकिएन कालोपत्र
- दोलखाको नाम्दुमा नामखालिङ् गुम्बा निर्माण
धेरैले पढेको
- घरजग्गामा गरेको लगानी फिर्ता नहुँदा सहकारी समस्यामा
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- लुम्बिनी जनरल इन्स्योरेन्सले सात प्रतिशत लाभांश दिने
- जाडोभर बिजुली आपूर्तिमा समस्या
- बैंकहरूको लागि होम लोन नै सुरक्षित
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया