काठमाडौं,वातावरणको संरक्षण तथा देशको दिगो आर्थिक विकासको लागि विद्युतीय गाडीहरूको उपयोगमा प्रोत्साहन एवम् प्रवद्र्धन गर्ने लक्ष्यसहित ‘नेक्सन ईभी रेन्ज टेस्ट २०२३’ प्रदर्शनात्मक कार्यक्रम सम्पन्न गरिएको छ ।नेपालको लागि टाटा मोटर्सको एकमात्र अधिकृत बिक्रेता सिप्रदी ट्रेडिङ प्रालि र टाटा मोटर्सको सह–आयोजनामा उक्त कार्यक्रम बुटवल–भैरहवामा सफलतापूर्वक सम्पन्न गरिएको हो ।
नेक्सन ईभी रेन्ज टेस्ट २०२३ नाम दिइएको यस अभियानमा टाटा नेक्सन ईभी हुने ग्राहकहरुको उल्लेख्य एवम् उत्साहजनक सहभागिता रहेको थियो । बुटवल–भैरहवा सडकमा तीन सय ९७ किमिसम्म नेक्सन ईभीको रेन्ज निकाल्न सफल सुवास खड्का उक्त टेष्टमा प्रथम भए । काठमाडौँको सलिम श्रेष्ठको तीन सय ४७ किमि रेञ्जलाई उछिन्दै उनले ७६ को उत्कृष्ट वाट आवर निकाल्न सफल भई प्रथम भएका हुन् ।
यस्तै तीन सय ८७ किमि रेन्ज निकालेर गोपाल शर्मा दोस्रो भए भने तीन सय ७८ किमि रेन्ज निकाल्न सफल सुबोध भट्टराई तेस्रो स्थानमा रहे । कार्यक्रममा सहभागीमध्ये २२ जनाले तीन सय किमि रेन्जभन्दा बढी निकाल्न सफल भएका थिए । यसै कार्यक्रममार्फत उत्कृष्ट तरिकाले ईभी चलाई अधिकतम रेन्जका आधारमा विद्युतीय इन्धन खपत गर्न सक्ने उत्कृष्ट सहभागीहरुलाई श्रेष्ठताको आधारमा वर्गीकरण गरी कम्पनीको तर्फबाट विभिन्न आकर्षक पुरस्कार एवम् प्रशंसापत्र प्रदान गरिएको थियो ।
प्रथम स्थान प्राप्त गर्न सफल खड्काले सम्मान पदक र प्रमाणपत्रका साथ सामसङ स्मार्ट एलईडी टिभी जिते । त्यसैगरी दोस्रो स्थानमा रहेका शर्माले सामसङ ओभन र तेस्रो स्थानमा रहने भट्टराईले एयर फ्रायर जिते ।विद्युतीय गाडीहरूको उपयोगिता, प्रभावकारिता एवम् आर्थिक पक्षमा पार्ने सकारात्मक प्रभावहरुबारे जनचेतना फैलाउने र विद्युतीय गाडीहरूप्रति ग्राहकवर्गको दुविधालाई हटाई यसबाट मिल्ने सुविधाबारे विश्वस्त बनाउने उद्देश्यले यस कार्यक्रमको आयोजना गरिएको कम्पनीका प्यासेन्जर भेहिकल प्रमुख शावन्त जंग सिजापतीले जानकारी दिए । गत शनिबार सिप्रदी ट्रेडिङ पथरडाँडाबाट उद्घाटन गरिएको कार्यक्रम भैरहवास्थित बुद्ध चोक, देवकोटा चोक, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल हुँदैै बुटवल बजार परिव्रmमा गरी सिद्धार्थ कटेजमा पुगेर समापन गरिएको थियो ।
उक्त कार्यक्रममा ४० भन्दा बढी नेक्सन ईभीको सहभागिता रहेको थियो । ईभीको उपयोग गरी ग्राहकवर्गबाट मिलेको बहुपक्षीय अप्रत्यक्ष योगदानको कदरस्वरुप कार्यक्रममार्फत उनीहरुलाई सम्मान गर्न पाउँदा अत्यन्तै खुसी लागेको टाटा मोटर्सका लागि सिप्रदीका तर्फबाट ग्राहक सेवा प्रमुख कुमार भण्डारीले बताए ।
हाल नेपालमा पनि विद्युतीय गाडीहरूको माग र खपत दिनानुदिन बढ्दै गएको छ । नेपाली बजारमा टाटा नेक्सन ईभी ग्राहकहरुले सबैभन्दा धेरै रुचाएको गाडी हो । नेपालमा यसको लोकप्रियता बढेसँगै कम्पनीले ग्राहकहरुको सुविधाको लागि अरु मोडलका एसयूभी तथा सेडान गाडीहरूलाई समेत ईभीमा ल्याउने तयारी भइरहेको जानकारी समेत गराएको छ ।
क्याटेगोरी : कर्पोरेट
ताजा अपडेट
- अन्ततः २१ सय ९४ बिन्दुमा खुम्चियो सेयर बजार
- नबिल बैंकका ग्राहकलाई शाओमी ब्रान्डका सामानको ईएमआई सुविधा
- रिलायन्स लाइफ इन्स्योरेन्स र सन्चो हस्पिटलबीच सम्झौता
- स्टान्डर्ड चार्टर्ड बैंकले दुई अर्ब ४० करोड रुपैयाँबराबरको ऋणपत्र जारी गर्ने
- विकासको नयाँ ढाँचा स्थापनामा चिनियाँ राष्ट्रपतिको जोड
- नेत्रज्योति संघलाई जापानले स्वास्थ्य उपकरण दियो
- म्याद सकियो, सकिएन कालोपत्र
- दोलखाको नाम्दुमा नामखालिङ् गुम्बा निर्माण
धेरैले पढेको
- घरजग्गामा गरेको लगानी फिर्ता नहुँदा सहकारी समस्यामा
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- लुम्बिनी जनरल इन्स्योरेन्सले सात प्रतिशत लाभांश दिने
- जाडोभर बिजुली आपूर्तिमा समस्या
- बैंकहरूको लागि होम लोन नै सुरक्षित
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया