Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगकोरोना जोखिम न्यूनीकरणका लागि महासंघ सक्रिय हुने

कोरोना जोखिम न्यूनीकरणका लागि महासंघ सक्रिय हुने


काठमाडौं, फागुन ३०
कोरोना जोखिम न्यूनीकरणका लागि नेपाल उद्योग वाणिज्य महासंघ सक्रिय भएर लाग्ने भएको छ । कोरोना भाइरसका कारण विश्व नै त्रासत स्थितिमा रहेको अहिलेको अवस्थालाई समीक्षा गर्दै नेपाल सरकार तथा अन्य विकास साझेदारसमेतको सहकार्यमा निजी क्षेत्रका तर्फबाट गर्न सकिने थप तयारीका सम्बन्धमा महासंघले पहलकदमी लिने निर्णय गरेको हो ।

विश्व स्वास्थ्य संगठनले समेत आपत्कालीन स्थितिको घोषणा गरिसकेको परिस्थितिमा नेपाल समेत अत्यन्त जोखिमपूर्ण राष्ट्रको रूपमा रहेकाले सम्भावित जोखिमबाट जोगिन यस रोगका बारेमा पर्याप्त जानकारीसहित पूर्वसावधानी अपनाउन जरूरी रहेकोले महासंघले यूएनएनडीपी/युनिसेफ समेतको सहकार्यमा आफ्नो सञ्जालमार्फत जनचेतनामूलक कार्यक्रम स्थानीयस्तरसम्म लैजाने निर्णय गरेको जनाएको छ । साथै महासंघले जोखिम न्यूनीकरणका लागि कार्य गर्न महासंघका उपाध्यक्ष उमेशलाल श्रेष्ठको संयोजकत्वमा एक कार्यदल गठन गरी सोही कार्यदलमार्फत आवश्यक उपकरण, औषधि, सरसफाइका सामग्रीहरूको वर्तमान वस्तुतथ्य संकलन गर्ने, मास्क, स्यानिटाइजर, औषधि लगायतका सरसफाई सामग्री संकलन गर्ने र आवश्यकता र प्राथमिकताका आधारमा वितरण गर्ने निर्णय गरेको छ ।

महासंघले आफ्ना सबै प्रदेश च्याप्टरमार्फत स्थितिको आंकलन गरी जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न र आवश्यक सामग्रीहरूको वितरण गर्न प्रदेश च्याप्टरहरूलाई आग्रह समेत गर्ने भएको छ । महासंघले सबै सदस्य संघ/संस्था, उद्योग प्रतिष्ठानहरूलाई आ–आफ्ना कार्य क्षेत्र र कार्य स्थलमा कोरोना भाइरसका बारे पर्याप्त जनचेतनामुलक कार्यक्रम सञ्चालन गर्नुका साथै उद्योग प्रतिष्ठानहरूमा कार्यरत श्रमिक कर्मचारीहरूलाई आवश्यक मास्क, स्यानिटाइजरलगायतका सरसफाइका सामग्रीहरू उपलब्ध गराई प्रयोग गर्न आग्रह समेत गरेको छ । सरकारलाई आवश्यक सहयोग गर्न महासंघ तयारी अवस्थामा रहने पनि महासंघले जनाएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया