भिभोद्वारा वाई ०२ सार्वजनिक
काठमाडौं । भिभोले वाई सिरिजमा नयाँ मोडल वाई०२ सार्वजनिक गरेको छ । यो नयाँ स्मार्टफोनले युवा ग्राहकहरुलाई सुलभ मूल्य दायरामा नवीन तथा सुविधायुक्त विशेषताहरु प्रदान गर्ने कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार वाई०२ मा लामो समयसम्म चल्ने ५ हजार एमएएच विशाल ब्याट्री, पर्याप्त स्टोरेजका लागि दुई जीबी ¥याम र ३२ जीवी रोम तथा सुन्दर तथा आकर्षक डिजाइन रहेको छ । यो स्मार्टफोन १२ हजार चार सय ९९ रुपैयाँमा देशभरका सबै रिटेल स्टोरहरुमा उपलब्ध रहेको कम्पनीले जनाएको छ । वाई०२ मा ६.५१ इन्चको एजडी डिस्प्ले र इमर्सिभ तथा रमाइलो दृश्यको सहज अनुभवका लागि आई प्रोटेक्सन मोड पनि रहेको छ । यसको २.५डी स्लिम बडी डिजाइनले यसलाई आकर्षक बनाउनुका साथै हातमा बोक्दा पनि आरामदायी बनाउँछ । यो स्मार्टफोन दुई सुन्दर रंगहरू – कस्मिक ग्रे र अर्किड ब्लूमा उपलब्ध छ ।
वाई०२ सार्वजनिक गरेको अवसरमा भिभो नेपालका प्रमुख कार्यकारी अधिकृत माइकलले युवा उपभोक्ताहरूलाई लक्षित गरी वाई सिरिजले बजारमा आफूलाई सबैभन्दा लोकप्रिय स्मार्टफोन सिरिजहरूमध्ये एकको रूपमा स्थापित गरेको बताए । उनका अनुसार वाई सिरिज युवा ग्राहकहरुका लागि लक्षित गरिएको छ । भिभो वाई०२ मिडियाटेक पी२२ द्वारा सञ्चालित छ, जसले उच्च प्रदर्शन र विश्वसनीयता प्रदान गर्दछ । यसमा एक टीबीसम्म स्टोर विस्तार गर्नसक्ने क्षमता छ ।
कम्पनीका अनुसार वाई०२ मा ८एमपी रियर क्यामेरा तथा ५एमपी फ्रन्ट क्यामेरा रहेको छ । साथै यसमा भएको फेस ब्यूटी र टाइम–ल्याप्सजस्ता सुविधाहरूले प्रयोगकर्ताहरुको शुटिङ अनुभवलाई वृृद्धि गर्दछ । नवीनता र गुणस्तरका लागि चिनिने भिभोले प्रयोगकर्ता अनुभवलाई सुधार गर्न वाई०२ मा धेरै नयाँ विशेषताहरू थपेको छ । भिभोको थपिएको फेस वेक सुविधाले दु्रतगतिमा फोन अनलक गर्छ भने एक्सक्लुसिभ मल्टी टर्बो ५.५ खेलहरूमा ल्याग कम गर्न कोर दृश्यहरूलाई अप्टिमाइज गर्नमा केन्द्रित छ । यो उपकरण मेमोरी र सीपीयूलाई प्राथमिकता दिन इन्जिनियर गरिएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- अख्तियारको वार्षिक प्रतिवेदन संसद्मा पेश
- सांसदको एक स्वर:मिटरब्याज पीडितको समस्या समाधान गरौँ
- ब्रिटिश युवा पर्यटकलाई निरुत्साहित पार्दै एम्सटरडम
- बजेटका बेला आर्थिक प्रशासन अलमलमा पर्ने आशङ्का
- ‘पर्यटनमार्फत गण्डकीमा समृद्ध हासिल गछौँ’
- मिटर ब्याज पीडितको माग पूरा गर्न सांसदको माग
- नेपाल–भारत सीमा समन्वय बैठक
- सेयर बजारमा सामान्य अंकको बृद्धि
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- सेयर लगानीकर्तालाई सचेतना तालिम आयोजना
तपाईको प्रतिक्रिया