जगदम्बा सुपरशाइन र जगदम्बा ग्याल्भा प्लसलाई अन्तर्राष्ट्रिय निर्यातमा निरन्तरता दिइने
काठमाडौं । नेपालकै पहिलो अटोमेटेड स्टिल म्यानुफ्याक्चरिङ कम्पनी जगदम्बा स्टिल्सद्वारा जगदम्बा सुपरशाइन र ग्याल्भा प्लस (प्रिमियम आल्मुनियम–जिंक कलर कोटेड र प्लेन शिट्स तथा कोइल्स)को अन्तर्राष्ट्रिय निर्यातको निरन्तरता गर्ने घोषणा गरेको छ । यस अवसरमा कम्पनीले आफ्ना उच्च गुणस्तरीय उत्पादन तथा सेवाप्रति उपभोक्ताको विश्वासका लागि धन्यवाद ज्ञापन समेत गरेको छ ।
जगदम्बा सुपरशाइन र जगदम्बा ग्याल्भा प्लस, प्रिमियम आल्मुनियम–जिंक कलर कोटेड र प्लेन शिट्स तथा कोइल्स लाई ग्याल्भालुमको नामले पनि चिनिन्छ । यसमा उत्पादनको टिकाउपना र आयु बढाउने कार्यमा सघाउन ५५ प्रतिशत आल्मुनियम, ४३.५ प्रतिशत जिंक र बेस मेटलमाथि १.५ प्रतिशत सिलिकनको प्रयोग गरिएको हुन्छ । स्टिल उत्पादनको निर्माणमा रिइन्फोर्समेन्ट टीएमटी रिबारदेखि स्ट्रक्चरल तथा वायर प्रडक्ट्ससम्मका रेन्जमा दुई दशकभन्दा लामो समयको सफलतापश्चात् जगदम्बा स्टिल्सले नेपाल विकासको साझेदारको भूमिका निर्वाह गर्दै नेपालको स्टिललाई वैश्विक मञ्चमा प्रदर्शित गरिरहेको छ । नेपाल गुणस्तर तथा नाप तौल विभागद्वारा एनएसः१९१, आईएसओ ९००१ः२०१५ (गुणस्तर ब्यवस्थापन प्रणाली) र आईएसओ १४००१ः२०१५ (वातावरण व्यवस्थापन प्रणाली)मार्फत यसका उत्पादनहरु प्रमाणित गरिएका छन् । जगदम्बा स्टिल्सले स्टिल उत्पादनका क्षेत्रमा गुणस्तरका लागि सधैँ नै मानक स्थापना गर्दै आइरहेको छ ।
साथै, कम्पनीले कर्मचारी, समुदाय र उत्पादन सुरक्षार्थ दिगो उत्पादनलाई प्राथमिकता दिँदै आइरहेको छ । जगदम्बा स्टिल्सले जगदम्बा सुपरशाइन र ग्याल्भा प्लसको निर्यात रोमानिया, यूएई, दक्षिण अफ्रिका, उत्तर अमेरिका, इटाली र म्यानमारमा गर्दै आइरहेको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- गण्डकी प्रदेश सरकारबाट माओवादीका मन्त्रीको राजीनामा
- नेपाल अमेरिका सैन्य वार्ता हुँदै
- टेलिफोन महसुल घटाउन भारत सकारात्मक: मन्त्री शर्मा
- तीन वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिने रास्वपाको निर्णय
- प्रहरी महानिरीक्षक(एआइजी)मा वसन्तबहादुर कुँबर नियुक्त
- रोजगारी सिर्जनामा मुख्यमन्त्री अधिकारीको जोड
- रुकुम पश्चिममा ९२ विद्यालय भवन बन्दै
- सुकुम्वासीका छोराछोरी पढ्ने नमूना विद्यालय
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- क्रसर उद्योग सञ्चालन सम्बन्धमा सरकार नै अन्योलमा देशभर निर्माण क्षेत्र ठप्प
तपाईको प्रतिक्रिया