सीएनआई कोसी एक्स्पोविरुद्ध उच्च अदालतमा रिट
काठमाडौं । विराटनगरमा बिहीबारबाट सुरु भएको सीएनआई कोसी एक्स्पोविरुद्ध उच्च अदालत विराटनगरमा रिट परेको छ । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार एक्स्पोको उद्घाटन गरेका थिए । उक्त एक्स्पोका कारण सार्वजनिक सडकमा आवागमन अवरुद्ध भएको भन्दै कानुनका विद्यार्थी विन्दानन्द नुन्दीले उच्च अदालतमा रिट दिएका हुन् ।
नौ दिनसम्म सञ्चालन हुने एक्स्पोका लागि सडक बन्द गरेका कारण सवारीसाधन र सर्वसाधारणले वैकल्पिक सडक प्रयोग गर्नुपर्नेछ । स्थानीय प्रशासनसँग अनुमति लिएर सडकको केही भाग एक्स्पोमा प्रयोग गरिएको एक्स्पो आयोजक नेपाल उद्योग परिसंघ प्रदेश १ ले जनाएको छ । निवेदक नुन्दीले जस्तापाता प्रयोग गरेर छेकिएको सडक खुलाई आवागन सहज बनाउन अन्तरिम आदेश माग गरेका छन् । रिटमा मोरङका प्रमुख जिल्ला अधिकारी, विराटनगर महानगरपालिका, उद्योग परिसंघ प्रदेश १ र ट्राफिक प्रहरी विपक्षी बनाइएको छ । नागरिकको संवैधानिक मौलिक हक आयोजकले हनन गरेको र सडक अबरुद्ध गरि गैरकानुनी काम गरेको दाबी रिटमा गरिएको छ । विराटनगर– २ शंकरपुरस्थित भित्री सडकलाई दुईतिरबाट छेकेर एक्स्पो आयोजना गरिएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- गण्डकी प्रदेश सरकारबाट माओवादीका मन्त्रीको राजीनामा
- नेपाल अमेरिका सैन्य वार्ता हुँदै
- टेलिफोन महसुल घटाउन भारत सकारात्मक: मन्त्री शर्मा
- तीन वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिने रास्वपाको निर्णय
- प्रहरी महानिरीक्षक(एआइजी)मा वसन्तबहादुर कुँबर नियुक्त
- रोजगारी सिर्जनामा मुख्यमन्त्री अधिकारीको जोड
- रुकुम पश्चिममा ९२ विद्यालय भवन बन्दै
- सुकुम्वासीका छोराछोरी पढ्ने नमूना विद्यालय
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- क्रसर उद्योग सञ्चालन सम्बन्धमा सरकार नै अन्योलमा देशभर निर्माण क्षेत्र ठप्प
तपाईको प्रतिक्रिया