वृज सिमेन्ट सिभिल इन्जिनियरिङ प्रदर्शनी
काठमाडौं । वृज सिमेन्टले प्रायोजन गरेका १३औँ राष्ट्रिय सिभिल इन्जिनियरिङ प्रदर्शनी तथा प्रतियोगिता सम्पन्न भएको छ । ‘दिगो विकास र समृद्व नेपालको लागि प्रविधि’ भन्ने नाराका साथ नेपाल इन्जिनियरिङ्ग क्याम्पस पुल्चोकको प्राङ्गणमा माघ २० गतेबाट तीन दिने प्रदर्शनी सुरु भएको थियो ।
प्रतियोगितामा फोटोग्राफी, क्विज, ट्रेजर हण्ट, पेपर ब्रिज कम्पिटिसन, पेपर प्रिजेन्टेसन, मिक्स डिजाइन कम्पिटिसन, सर्भेइङ्ग च्यालेन्ज, मोडल कम्पिटिसन, सेक टेबल कम्पिटिसन, पोएट्री कम्पिटिसन, ओलम्पियाड गरी १२ विधामा विद्यार्थीहरुबीच प्रतिस्पर्धा भएको थियो ।
उक्त प्रदर्शनीमा ललितपुर महानगरपालिका मेयर चिरीबाबु महर्जन, नेपाल इन्जिनियर्स एसोसिएसनका सदस्यलगायत प्राध्यापक, इन्जिनियर र विद्यार्थीको उल्लेख्य सहभागिता थियो । प्रदर्शनी समापन अवसरमा प्रतियोगिताका विजेता र उपविजेतालाई वृज सिमेन्टका सियिर ब्राण्ड म्यानेजर अमित श्रेष्ठले वृज सिमेन्ट ट्रफी प्रदान गरेका थिए । सिभिल इन्जिनियर विधार्थी समाज नेपालद्वारा आयोजित राष्ट्रिय सिभिल इन्जिनियरिङ्ग प्रदर्शनी तथा प्रतियोगितामा विगत नौ वर्षदेखि वृज सिमेन्टले ट्रफी प्रायोजन गर्दै आएको छ ।
वृज सिमेन्ट इण्डष्ट्रिज प्रालि केडिया अर्गनाइजेसनअन्तर्गत एउटा प्रभाग हो । यो कम्पनी भैरहवा–लुम्बिनी (रुपन्देही जिल्ला) मा अवस्थित छ । वृज सिमेन्ट उद्योगले पोर्टल्याण्ड पोजोलाना सिमेन्ट (पीपीसी), ४३ ग्रेड साधारण पोर्टल्याण्ड सिमेन्ट (ओपीसी) र पोर्टल्यान्ड स्लाग सिमेन्ट (पीएससी) सिमेन्ट उत्पादन गरी बिक्री वितरण गर्दैै आइरहेको छ ।
कम्पनीको गुणस्तरीय उत्पादन र सहज आपूर्तिको व्यवस्थापनका कारण नै देशको अधिकांश स्थानमा वृज सिमेन्टको माग भइरहेको कम्पनीले जनाएको छ । नेपाल सिभिल इन्जिनियरिङ्गअन्तर्गत निर्माण क्षेत्रमा वृज सिमेन्टले गुणस्तरीय सिमेन्टको छवि बनाएको कम्पनीको दाबी छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- गण्डकी प्रदेश सरकारबाट माओवादीका मन्त्रीको राजीनामा
- नेपाल अमेरिका सैन्य वार्ता हुँदै
- टेलिफोन महसुल घटाउन भारत सकारात्मक: मन्त्री शर्मा
- तीन वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिने रास्वपाको निर्णय
- प्रहरी महानिरीक्षक(एआइजी)मा वसन्तबहादुर कुँबर नियुक्त
- रोजगारी सिर्जनामा मुख्यमन्त्री अधिकारीको जोड
- रुकुम पश्चिममा ९२ विद्यालय भवन बन्दै
- सुकुम्वासीका छोराछोरी पढ्ने नमूना विद्यालय
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- क्रसर उद्योग सञ्चालन सम्बन्धमा सरकार नै अन्योलमा देशभर निर्माण क्षेत्र ठप्प
तपाईको प्रतिक्रिया