हुन्डाईको विद्युतीय गाडीमा एक्सचेन्ज अफर योजना
काठमाडौं । नेपालमा हुन्डाई गाडीहरुको आधिकारिक वितरक, लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले आफ्नो विद्युतीय गाडीहरुमा आकर्षक एक्सचेन्ज अफरको घोषणा गरेको छ । हुन्डाईले ‘अपग्रेड योर इलेक्ट्रिक जर्नी विथ आईओएनआईक्यू ५’ भन्ने नारासहित एक्सचेन्ज अफर सुरु गरेको हो ।
यस योजनाअन्तर्गत ग्राहकहरुले आफ्ना कुनै पनि विद्युतीय गाडी ल्याई नेपालमा सर्वाधिक रुचाइएको हुन्डाईको विद्युतीय गाडी कोना वा आईओएनआईक्यू ५ सँग साट्न सक्नेछन् । यो एक्सचेन्ज योजनामा कोनाको न्यूनतम एक्सचेन्ज मूल्यांकन ४० लाख रुपैयाँ कायम गरिएको छ, जुन हालसम्मको मूल्यांकनमा सबैभन्दा बढी जनाएको छ । यो अभियानले नयाँ र विकसित विद्युतीय सवारीसाधनमा अपग्रेड गर्न खोजिरहेका ग्राहकहरूका लागि उत्कृष्ट अवसर दिनेछ । यस अफरको फाइदा उठाएर, ग्राहकहरूले आफ्नो पुरानो कोना ईभीको उचित मूल्य प्राप्त गर्नुका साथै नयाँ कोना इलेक्ट्रिक वा आईओएनआईक्यू ५ को उत्कृष्ट सुविधाहरू र राम्रो पर्फर्मेन्सको आनन्द उठाउन सक्नेछन् ।
नेपालका विद्युतीय सवारीसाधनहरुमा हुन्डाई ईभीहरु अग्रपंक्तिमा रहेका छन् । यी ईभीहरुले विश्वभरका ग्राहकहरुको मन जित्न सफल हुनुका साथै नेपाली बजारमा पनि आफ्नो दरो वर्चस्व कायम गरी सफलता हासिल गरिरहेको छ । प्रतिस्पर्धात्मक विद्युतीय सवारीसाधनको बजारमा हुन्डाईले फ्युचरिष्टिक डिजाइन, अतुलनीय पर्फर्मेन्स र विश्वसनीयताको माध्यमबाट उत्कृष्टताको नयाँ मापदण्ड कायम गरेको छ । यो योजनाबाट ग्राहकहरुले कोना तथा आईओएनआईक्यू ५ को सम्पूर्ण विशेषताहरुसँग साक्षात्कार गर्न पाउनेछन् । यो एक्सचेन्ज योजनाले हुन्डाईका विद्युतीय गाडीहरुप्रति ग्राहकहरुको भरोसा बढ्ने विश्वास कम्पनीले लिएको छ ।
एक्सचेन्ज अफर योजना नेपालभरिको हुन्डाई शोरुमहरुमा उपलब्ध छ । कम्पनीले देशभरका १७ डिलर र १९ सर्भिस सेन्टरहरूसहित ४० वटा चार्जिङ्ग स्टेसनमार्फत नेपालभरि नै सबै हुन्डाई गाडीहरूको सहज खरिद र सर्भिसिङको सेवा दिँदै आएको छ । यस कम्पनीले परिवर्तनशील नयाँ संरचनामार्फत सवारीसाधन बिक्री मात्र नभई देशभर चार्जिङ स्टेसन विस्तार गरी नेपालमा विद्युतीय सवारीसाधन चलाउने संस्कृतिको विकास गर्ने प्रतिबद्धता जनाएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- एकल महिलालाई वडाको साथ
- बाल सुधार गृहमा क्षमताभन्दा दोब्बर बालक
- प्रहरीले खोज्न थाल्यो बेवारिसे मोटरसाइकलका धनी
- युवा र खेलाडीलाई सबैभन्दा बढी महत्व दिएको छु : प्रधानमन्त्री दाहाल
- धनुषामा दुईवटा ट्रक ठोक्किँदा तीनजनाको मृत्यु
- समाजका हरेक क्षेत्रमा महिला सहभागिता आवश्यक छ : प्रधानमन्त्री दाहाल
- मन्त्रिपरिषदले पूर्णता पाउँछ : नारायणकाजी श्रेष्ठ
- कांग्रेसलाई मजबुत बनाउन लागिपरेको छु : महामन्त्री थापा
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- क्रसर उद्योग सञ्चालन सम्बन्धमा सरकार नै अन्योलमा देशभर निर्माण क्षेत्र ठप्प
तपाईको प्रतिक्रिया