Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगनेपाली विद्यार्थीहरुलाई ६६ वटा आउट स्ट्यान्डिङ क्याम्ब्रिज लर्नर अवार्ड

नेपाली विद्यार्थीहरुलाई ६६ वटा आउट स्ट्यान्डिङ क्याम्ब्रिज लर्नर अवार्ड


काठमाडौं । क्याम्ब्रिज इन्टरनेशनलले नेपाली विद्यार्थीहरूलाई ६६ वटा आउट स्ट्यान्डिङ क्याम्ब्रिज लर्नर अवार्ड प्रदान गरेको छ । यो पुरस्कारले ४० भन्दा बढी देशका रामो प्रदर्शन गर्ने विद्यार्थीहरूलाई सम्मान गरिने गरेको छ । यी विद्यार्थीको योग्यतालाई विश्वभरका प्रमुख विश्वविद्यालय र रोजगारदाताहरूले मान्यता दिएका छन् । एक सय ६० वर्ष भन्दा लामो समयदेखि अन्तर्राष्ट्रिय परीक्षा लिँदै आएको क्याम्ब्रिज इन्टरनेशनलका पाठ्यक्रमहरू हरेक वर्ष विश्वभरका लगभग १० लाख विद्यार्थीहरूले अध्ययन गर्छन् ।

सन् २०२१/०२२ को क्याम्ब्रिज परीक्षामा उत्कृष्ट प्रदर्शन गरेकोमा नेपालका जम्मा ४७ जना विद्यार्थीहरूले प्रतिष्ठित ‘आउटस्ट्यान्डिङ क्याम्ब्रिज लर्नर अवार्ड’ प्राप्त गरेका छन् । यस अवार्डले चार विधा ‘टप इन द वल्र्ड’ (विश्वमै सर्वोत्कृष्ट), ‘टप इन द कन्ट्री’ (देशभरमा सर्वोत्कृष्ट), ‘हाई अचिभमेन्ट अवार्ड (उच्च उपलब्धि पुरस्कार)’, र ‘बेस्ट अक्रस (थुप्रै पक्षमा राम्रो)’ मा सफलताको मूल्यांकन गर्ने गरेको छ । नेपालका एक जना विद्यार्थीले ‘टप इन द वल्र्ड अवार्ड’ जितेका छन्, अर्थात् अंग्रेजी भाषा र साहित्यमा उनले विश्वमै सबैभन्दा बढी अंक हासिल गरेका छन् ।

क्याम्ब्रिज युनिभर्सिटी प्रेस एण्ड एसेसमेन्टका दक्षिण एसियाका प्रबन्धनिर्देशक अरुण राजामणिले आउट स्ट्यान्डिङ क्याम्ब्रिज लर्नर अवार्डले विश्वभर क्याम्ब्रिज परीक्षाहरूमा उच्च प्रदर्शन गर्ने विद्यार्थीहरूको असाधारण शैक्षिक उपलब्धिहरूको कदर र सम्मान गर्ने बताए । वर्षेनी असंख्य नेपाली विद्यार्थीहरूलाई स्टेम (विज्ञान, प्रविधि, वातावरण र गणित) र गैर–स्टेम विषयहरूमा उनीहरुको उत्कृष्ट प्रदर्शनको आधारमा यी पुरस्कारहरू प्रदान गरिएको उनले जानकारी दिए ।

यस्तै ब्रिटिस काउन्सिल नेपालका महाप्रबन्धक तथा परीक्षा निर्देशक म्याक्सिम राइमानले ब्रिटिश काउन्सिलले यी विद्यार्थीहरूलाई उनीहरूको लगावलाई पछ्याउन र क्षमतालाई साकार पार्न अर्को कदम चाल्ने अवसर प्रदान गरेको बताए । यसका साथै क्याम्ब्रिजका परीक्षा उत्तीर्ण गर्नुले उनीहरूलाई विषयको गहिरो ज्ञान, संवाद र आलोचनात्मक सोचजस्ता सबैतिर चाहिने सीपहरूको राम्रो आधार प्रदान गरेको उनको भनाइ छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया