Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगएसिया प्यासिफिक एडभान्स नेटवर्क (एपान)को ५५औँ सम्मेलन काठमाडौंमा

एसिया प्यासिफिक एडभान्स नेटवर्क (एपान)को ५५औँ सम्मेलन काठमाडौंमा


काठमाडौं । एसिया प्यासिफिक एडभान्स नेटवकर्क(एपान)को ५५औँ सम्मेलन काठमाडौंमा हुने भएको छ । आज सोमबारबाट सुरु हुने उक्त सम्मेलन पाँच दिनसम्म चल्ने आयोजक नेपाल रिसर्च एण्ड एजुकेसन नेटवर्कले जनाएको छ । सम्मेलनको उद्घाटन सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले गर्नेछिन् ।

सम्मेलन नेपालमा पहिलोपटक आयोजना हुनलागेको हो । सो सम्मेलनमा एसिया प्रशान्त क्षेत्रका १७ देशका प्रतिनिधिहरु सहभागी हुनेछन् । उक्त सम्मेलनको मुख्य संयोजन नेपालका सूचना प्रविधिसम्बन्धी संस्थाहरुको सहयोग र शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयसँगको सहकार्यमा नेपाल रिसर्च एण्ड एजुकेसन नेटवर्क (एनरेन)ले गर्ने जनाइएको छ । पाँच दिनसम्म सञ्चालन हुने यस सम्मेलनको अवधिभर ५५ भन्दा बढी सेसनहरु सञ्चालन हुनेछन् । साथै एक सय ७५ भन्दा बढी प्रतिनिधिले शिक्षा, सूचना प्रविधि, वैज्ञानिक अनुसन्धानलगायतका विभिन्न क्षेत्रहरुमा केन्द्रित रही प्रस्तुति दिने बताइएको छ । साथै नेपालको तर्फबाट जलवायु परिवर्तनले हिमाली क्षेत्रमा पारेको प्रभाव र यसको न्यूनीकरणको लागि सूचना प्रविधि र वैज्ञानिक अनुसन्धानको भूमिका सम्बन्धमा जलवायु परिवर्तन विज्ञ तथा नेपाली पर्वतारोही समेतको प्रस्तुति रहने कार्यक्रम तय भएको छ ।

यस्तै यस सम्मेलनले देशमा वैज्ञानिक अनुसन्धान र यससम्बन्धी पूर्वाधारहरुको आवश्यकताका साथै राष्ट्रिय अनुसन्धान तथा शैक्षिक सञ्जालको विस्तारको लागि सचेतना बढाउने अपेक्षा गरिएको छ । योसँगै नेपाल सरकारले सूचना प्रविधि र वैज्ञानिक अनुसन्धानका क्षेत्रमा गरिरहेका प्रयासहरु विश्वमाझ पु-याउने अवसर समेत यस सम्मेलनले जुटाउने आशा गरिएको छ । साथै विभिन्न देशका प्रतिनिधिसँगको आपसी अन्तर्क्रियाले नेपाली अनुसन्धानकर्ता तथा शैक्षिक संस्थाहरुले हाल विश्व समुदायसँग गरिरहेका वैज्ञानिक सहकार्यहरुलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया