Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगआयल निगमले किन्यो बीवाईडीको अल न्यू ई६

आयल निगमले किन्यो बीवाईडीको अल न्यू ई६


काठमाडौं । नेपाल आयल निगमले विद्युतीय गाडी खरिद गरेको छ । निगमले बीवाईडीको अल न्यू ई६ खरिद गरेको हो । बीवाईडी अटो इन्डष्ट्री कम्पनीको नेपालको लागि आधिकारिक बिक्रेता साइमेक्स इन्क प्रालिले निगमले खरिद गरेको तीन युनिट अल न्यू ई६ गाडी एक कार्यक्रमका बीच हस्तान्तरण गरेको छ ।

नेपाल आयल निगमको दिगोपना र वातावरणीय जिम्मेवारीअनुरुप नै अल न्यू ई६ को खरिद प्रक्रिया अगाडि बढेको हो । शून्य उत्सर्जन र कम सञ्चालन खर्च रहेका ई६ सवारी साधनहरु धेरै नै प्रभावकारी र वातावरणमैत्री रहेका छन् । निगमका प्रोजेक्ट र आईटी डिपार्टमेन्टका डाइरेक्टर इन्जिनियर सुरज शाहका अनुसार दिगोपनाको लागि प्रतिबद्धताअनुरुप इलेक्ट्रिक सवारीसाधनहरुमा लगानी गरिएको हो । साइमेक्स इन्क प्रालिका प्रबन्धनिर्देशक यमुना श्रेष्ठले अल न्यू ई६लाई निगमले खरिद गर्नुले देशको पेट्रोलियम पदार्थमाथिको निर्भरता घटाउने र विद्युतीय सवारीसाधनलाई प्रोत्साहन गर्ने महत्वपूर्ण कदमको रुपमा लिने बताइन् । अल न्यू ई६ नेपालमा सबैभन्दा लामो रेन्ज भएको ईभी हो । यसको सिंगल चार्जमा ५२२ किमिसम्म रहेको छ । यसमा स्टेट अफ द आर्ट ब्लेड ब्याट्री टेक्नोलोजी रहेको छ जसले सुरक्षा, भरपर्दो, परफरमेन्स र पावर डेन्सिटीमा नयाँ बेन्चमार्क सेट गरेको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया