स्किल हिरो अवार्डबाट चार जना सम्मानित
काठमाडौं । स्किल हिरो अवार्ड २०२३ उपाधिबाट चार जना सम्मानित भएका छन् । सम्मानित हुनेहरुमा शेफ सन्तोष शाह, सीमा गोल्छा, रञ्जित आचार्य र प्रिया अधिकारी छन् ।
चौथो संस्करणको स्किल वीक २०२३ को समापन समारोहमा स्किल हीरो अवार्ड समेत वितरण गरिएको हो । आईतवार द सोल्टी होटेलमा आयोजित कार्यक्रममा सूचना तथा सञ्चारमन्त्री रेखा शर्मा र प्रतिनिधि सभा उपसभामुख इन्दिरा राणा मगरले संयुक्त रुपमा अवार्ड वितरण गरेका थिए । स्किल वीक एक हप्ते कार्यक्रम थियो, जसमा बिभिन्न सिपमुलक तालिमहरु लगायत सिपयुक्त कार्यशाला, तालिम, केस स्टडी, लगायत मनोरन्जनलाई मध्य नजरमा राख्दै सिपलाई विभिन्न आयामबाट प्रस्तुत गर्ने कोशिस गरिएको थियो । कलकारखाना, शैक्षिक संस्था एवम् सरकारी निकायसँगको साझेदारीको लक्ष्य लिई तिनै क्षेत्रबाट सीपमूलक रोजगारीका अवसर, बढ्दोे सीप प्रतिको महत्व, व्यापार, सेवा, आधुनिक प्रविधिदेखि लिएर कला तथा संस्कृति झल्किने किसिमले सीपको महत्व उजागर गर्ने लक्ष्य लिई स्किल विक कार्यक्रम १३ मार्चदेखि १९ मार्चसम्म सञ्चालन भएको थियो । यस कार्यक्रममा चार फरक सीप क्षेत्रहरू प्रदर्शन गरिएको थियो जसमा कला र संस्कृति, उद्दमशीलता, पर्यटन तथा आतिथ्य, विज्ञान तथा प्रविधि थिए ।
कार्यक्रममा सोही चार विधामा चार अत्यन्त प्रेरणादायक व्यक्तित्वहरुलाई स्किल हिरो अवार्ड २०२३ उपाधिबाट सम्मान गरिएको हो । पर्यटन र आतिथ्यका लागि लण्डनस्थित नेपाली शेफ सन्तोष शाह, कला र संस्कृतिको क्षेत्रमा गरेको समर्पणका लागि सीमा गोल्छा, उद्यमशीलता विधामा प्रिज्मा एडभर्टाइजिङका प्रमुख कार्यकारी अधिकृत रञ्जित आचार्य र विज्ञान तथा प्रविधि विधाका लागि नेपालकी एकल महिला उद्धार हेलिकप्टर पाइलट प्रिया अधिकारीलाई सम्मान गरिएको हो । यस्तै सोही दिन समापन समरोहलाई लक्षित गरेर सी ई वो अनप्लग्ड २०२३ नामक भव्य कार्यक्रम समेत सञ्चालन गरिएको थियो ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- सर्वोच्च अदालतमा नागरिकता विधेयक खारेजीको माग
- सिटिइभिटीका कर्मचारी खोज्न सशस्त्र प्रहरीको गोताखोर परिचालन
- स्वास्थ्यमन्त्रीद्वारा विपन्न र असहायको निःशुल्क उपचार नगर्ने अस्पताललाई कारबाही
- भारतीय दूतावास अगाडि युवा संगठनको विरोध प्रदर्शन
- नक्कली ‘वर्क पर्मिट’ बनाएर ठगी गर्ने गिरोहसँग सावधान
- पाँच वर्षमा हुने संसारीमाईको सप्ताहव्यापी महापूजा सुरु
- देउवाले गरेका पार्टी हित विपरीतका निर्णय सहेर नबस्ने : गगन थापा
- सुनकोशी नदीमा बेपत्ता तीनको पहिचान खुल्यो
धेरैले पढेको
- बाँझो जग्गामा सामूहिक आलु खेती
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
तपाईको प्रतिक्रिया