जगदम्बा १३औँ जितपुर सिमरा गोल्डकपको तयारी पूरा
काठमाडौं । नव जनजागृति युवा क्लब सिमराको आयोजनामा हुने जगदम्बा स्टिल्स १३औँ जितपुर सिमरा गोल्ड कपको सम्पूर्ण तयारी पूरा भएको छ ।
सिमरा रङ्गशालामा बिहीबारदेखि चैत १८ गतेसम्म हुने गोल्डकपको सम्पूर्ण तयारी पूरा भएको आयोजक क्लबका अध्यक्ष रामचन्द्र लामाले जानकारी दिए । प्रतियोगितामा प्रथम हुने टिमले १० लाख, दोस्रो हुनेले पाँच लाख रुपैयाँ पुरस्कार पाउने आयोजकले जनाएको छ । यस्तै सर्वोकृष्ट खेलाडीलाई मोटरसाइकल/स्कुटी प्रदान गरिनेछ ।
यस्तै विधागत पुरस्कार उत्कृष्ट गोलकिपर, डिफेन्स, मिड फिल्ड, फरवार्ड, प्रशिक्षक, हाई स्कोररले २० हजार रुपैयाँ पाउनेछन् भने प्रत्येक दिनको उत्कृष्ट खेलाडी म्यान अफ दि म्याचले १० हजार रुपैयाँ पाउनेछन् । यसैगरी स्थानीय उदीयमान खेलाडीलाई पुरस्कारस्वरुप १५ हजार रुपैयाँ उपलब्ध गराइने आयोजकले जनाएको छ ।
गोल्डकपको मुख्य प्रायोजक जगदम्बा स्टिल सिमरा पावर्ड बाई जगदम्बा मोटर्स तथा मुख्य सहयोगी जितपुर सिमरा उपमहानगरपालिका रहेका छन् । फुटबल प्रतियोगितामा गत वर्षको विजेता एनआरटी, गत वर्षको उपविजेता एपीएफ, हिमालयन शेर्पा क्लब, ब्वाइज युनाइटेड, सातदोबाटो युथ कल्ब, केबीए ग्लोबल, बीएएफसी चितवन, मकवानपुर–११ हेटौँडा, बागमती युवा क्लब सर्लाही, वीरगञ्ज युनाइटेड र आयोजक क्लबसमेत गरी १० वटा टिमले भाग लिनेछन् । प्रतियोगिता सञ्चालन गर्न एक करोड छ लाख ७७ हजार लाग्ने आयोजकले बताएको छ ।
गत वर्ष ८३ लाख १२ हजार पाँच सय रुपैयाँ खर्च भएको थियो । प्रतियोगितामा मुख्य सहयोगी उपमहानगरले २० लाख रुपैयाँ सहयोग उपलब्ध गराउने आयोजकले जनाएको छ । यस्तै प्रतियोगिताको मुख्य प्रायोजक जगदम्बा स्टिल्स.लि. रहेको छ भने सहप्रायोजकमा सूर्य नेपाल र हुलास स्टिल छन् । प्रतियोगिता हेर्न टिकटमा विद्यार्थीहरुको लागि ५० प्रतिशत छुट गरिएको छ भने अपांग, अशक्त र ७० वर्षभन्दा माथि पूरै छुट गरिएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- घरजग्गा किनबेच सहजीकरण र ऋण मिलाइदिने भन्दै ठगी गरेको आरोपमा पक्राउ
- भारतबाट १०० रुपैयाँभन्दा बढीको सामान नेपाल ल्याए भन्सार तिर्नुपर्ने
- आग्रह र पूर्वाग्रह बिना दश वर्षको बजेट समीक्षा गरौँ : पूर्वअर्थमन्त्री शर्मा
- नेपाली समाजमा भ्रष्टाचारको नाङ्गो रुप देखियो : अध्यक्ष नेपाल
- सर्वोच्चद्वारा नागरिकता विधेयक प्रमाणीकरणको प्रतिलिपि झिकाउन आदेश
- कोशी प्रदेशमा गैर शान्तिपूर्ण गतिविधि भए राज्यले छुट नदिने : गृहमन्त्री
- नेपालको राजनीतिक इतिहास माओवादीविना अपुरो : जनार्दन शर्मा
- बजेटमा चरम अन्याय भएको छ : राजेन्द्र पाण्डे
धेरैले पढेको
- धादिङको साना किसान सहकारीमा अनियमितता भएको अदालतको ठहर
- बाँझो जग्गामा सामूहिक आलु खेती
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
तपाईको प्रतिक्रिया