Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगटेलिकमको भ्वाइस प्याक लिनुस्, दिल खोलेर कुरा गर्नुस्’

टेलिकमको भ्वाइस प्याक लिनुस्, दिल खोलेर कुरा गर्नुस्’


काठमाडौं, चैत ११
आफ्ना प्रियजनसँग मोबाइलमा दिल खोलेर कुरा गर्न मन छ, तर ब्यालेन्स सकिएर दिक्दार बन्नुभएको छ ? हालको विषम परिस्थितिमा त झन् धेरै कुरा गर्न मन लाग्छ होला । यो अवस्थामा नेपाल टेलिकमले उपलब्ध गराइरहेका अनलिमिटेड डे भ्वाइस प्याक र अनलिमिटेड नाइट भ्वाइस प्याक अफरहरु प्रयोग गर्न सकिन्छ । यी प्याक प्रयोग गर्दा पैसा सकिने चिन्ता नलिई जति पनि कुरा गर्न सकिन्छ ।

अनलिमिटेड डे भ्वाइस प्याक अन्तर्गत १५ रुपैयाँमा बिहान ५ बजेदेखि साँझ ५ बजेसम्म जतिपनि कल गर्न सकिन्छ । यो भ्वाइस प्याक खरिद गर्नका लागि सिधै स्टार१४१५स्टार९स्टार२ह्याक्स डायल गर्नु पर्ने टेलिकमले जनाएको छ । साथै यो प्याक लिनका लागि डिभियूएनएल लेखेर १४१५ मा एसएमएस गर्न पनि सकिन्छ । यो प्याक एक पटक लिएपछि २४ घण्टाभित्र उपयोग गरिसक्नुपर्छ । अनलिमिटेड नाइट भ्वाइस प्याक अन्तर्गत १२ रुपैयाँमा राति १० बजेदेखि बिहान ६ बजेसम्म असिमित कुराकानी गर्न सकिन्छ । रातभरी कुराकानी गर्नुपर्ने ग्राहकका लागि यो प्याक निकै उपयोगी छ ।

यो प्याक लिनका लागि स्टार१४१५ स्टार १स्टार ५स्टार ४ह्याक्स डायल गर्नु पर्दछ । त्यसैगरी एनभियूएनएल लेखेर १४१५ मा एसएमएस पठाएर पनि यो प्याक लिन सकिने टेलिकमले जनाएको छ । विभिन्न प्याकेज प्राप्त गर्नका लागि स्टार१४१५ह्याक्समा डायल गरेर आफूलाई उपयुक्त हुने प्याकेज खरिद गर्न सकिने टेलिकमले जनाएको छ । साथै कम्पनीको सेवा सुविधाहरु टेलिकमको वेबसाइट र कम्पनीको एप ‘नेपाल टेलिकम’ बाट पनि खरिद गरी प्रयोग गर्न सकिन्छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया