Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगटेलिकमको रिचार्जमा शतप्रतिशत बोनस

टेलिकमको रिचार्जमा शतप्रतिशत बोनस


काठमाडौं, चैत १३
नेपाल टेलिकमले मोबाइल सेवाकोे प्रयोगलाई थप सहज बनाउन रिर्चाजमा शतप्रतिशत बोनसको व्यवस्था गरेको छ । कोरोना भाइरस महामारी रोकथाम र नियन्त्रणको लागिसरकारले चैत ११ देखि १८ सम्म पूर्ण लकडाउन घोषणा गरेसँगै मोबाइल सेवालाई थप सहज बनाउन उक्त योजना ल्याएको जनाएको छ । सो व्यवस्था बिहीबारदेखि एक हप्तासम्मको लागि लागू हुनेछ ।

बोनसको व्यवस्थाअनुसार नेपाल टेलिकमको जीएसएम तथा सीडीएमएको प्रिपेड तथा पोस्टपेड सेवामा रिचार्ज कार्ड वा एमपोसबाट रिचार्ज गर्दा रिचार्ज गरेको रकमको शतप्रतिशतबराबर बोनसको रूपमा प्राप्त हुनेछ । यसरी प्राप्त गरेको बोनस रकमबाट पेएजयूगो (प्याकेजबाहेकको दररेट)अन्तर्गत नेपाल टेलिकमको नम्बरमा कल गर्न, एसएमएस पठाउन तथा डाटा प्रयोग गर्न सकिनेछ । तर उक्त बोनस रकमबाट ब्यालेन्स ट्रान्सफर गर्न वा प्याकेज खरिद गर्न वा गिफ्ट पठाउन सकिनेछैन । रिचार्ज कार्ड प्रयोग गरी ५० रुपैयाँ र एक सय रुपैयाँको रिचार्ज गर्दा प्राप्त हुने बोनस रकम दुई दिनभित्र खपत गरिसक्नुपर्छ भने दुई सय र पाँच सय रुपैयाँको रिचार्जमा प्राप्त हुने बोनस रकम चार दिनभित्र खपत गरिसक्नुपर्नेछ ।

त्यसैगरी एक हजार रुपैयाँको रिचार्जमा प्राप्त हुने बोनस रकम ६ दिनभित्र खपत गरिसक्नुपर्नेछ । एमपोस वा विद्युतीय रिचार्जअन्तर्गत १० रुपैयाँदेखि ९९ रुपैयाँसम्मको रिचार्जमा प्राप्त हुने बोनस दुई दिनभित्र खपत गरिसक्नुपर्नेछ । साथै एक सय रुपैयाँदेखि चार सय ९९ रुपैयाँसम्मको रिचार्जमा प्राप्त हुने बोनस चार दिनभित्र खपत गरिसक्नुपर्नेछ । यसैगरी पाँच सयदेखि नौ सय ९९ रुपैयाँसम्मको रिचार्जमा प्राप्त हुने बोनस ८ दिनभित्र खपत गर्नुपर्ने हुन्छ भने एक हजार रुपैयाँ वा सोभन्दा माथिको रिचार्जमा प्राप्त हुने बोनस १० दिनभित्र खपत गरिसक्नुपर्नेछ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया