निर्माण क्षेत्रलाई भुक्तानी दिन परिसंघको आग्रह
काठमाडौं । नेपाल उद्योग परिसंघले अर्थतन्त्रमा गतिशिलता ल्याउन निर्माण क्षेत्रलाई चलायमान बनाउनुपर्नेमा जोड दिएको छ । परिसंघका कार्यवाहक अध्यक्ष राजेशकुमार अग्रवाल नेतृत्वको परिसंघ टोलीले बिहीबार भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालालाई भेटी निर्माण क्षेत्रलाई चलायमान बनाए मात्रै अर्थतन्त्रलाई गतिशील हुने बताएको हो ।
परिसंघका कार्यवाहक अध्यक्ष अग्रवालले निर्माण क्षेत्रमा दिइनुपर्ने भुक्तानी छिटो निकासा गर्न आग्रह गरेका छन् । सरकारले भुक्तानी रोक्दा बजारमा तरलता बढ्न नसकेको र अर्थतन्त्रलाई सिथिल बनाएको अग्रवालले बताए ।
यस्तै न्यून मूल्यमा बोलकबोल गर्नेलाई परियोजना दिने विषयमा सुधार गर्न, धेरै परियोजनामा बजेट छर्नुभन्दा निश्चित परियोजना समयमै सक्ने गरी अगाडि बढाउन पनि परिसंघले सुझाव दिएको छ । भेटमा मन्त्री ज्वालाले न्यून मूल्यमा बोलकबोलको विषय विगतमा सुधार गर्न खोजिए पनि कार्यान्वयनमा ल्याउन नसकेको बताए । तर आफूले यसमा सुधार गर्न पहल गर्ने बताए ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- राष्ट्रिय योजना आयोगले पायो पूर्णता
- पाकिस्तानको मुद्रास्फीति दरमा नयाँ रेकर्ड
- अन्तत : ५३ बिन्दुले उक्लियो सेयर बजार
- तनाव कम गर्न चीनसँग वार्ता आवश्यक : अमेरिका
- ट्विटरको ट्रस्ट एन्ड सेफ्टी प्रमुखले दिइन् राजीनामा
- राष्ट्रियसभामा शोक प्रस्ताव पारित
- विभिन्न देशका लागि राष्ट्रपतिद्वारा राजदूत नियुक्त
- राष्ट्र विरोधी अपराधमा संलग्न व्यक्तिलाई कारबाही गर्नुपर्छ : महेश बर्तौला
धेरैले पढेको
- बाँझो जग्गामा सामूहिक आलु खेती
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
तपाईको प्रतिक्रिया