Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगमुगुमा नेत्रज्योति संघको निःशुल्क आँखाशिविर

मुगुमा नेत्रज्योति संघको निःशुल्क आँखाशिविर


काठमाडौं । नेपाल नेत्रज्योति संघको आयोजनामा हिमाली जिल्ला मुगुका दुईवटा स्थानीय तहमा निःशुल्क आँखाशिविर सम्पन्न भएको छ । नेपाल नेत्रज्योति संघ आँखा उपचार केन्द्र मुगुको स्थानीय आयोजना, हिमालय आँखा अस्पताल पोखराको प्राविधिक सहयोग र नेपाल नेत्रज्योति संघ एकीकृत आँखा कान स्वास्थ्य कार्यक्रम कर्णालीको आर्थिक सहयोग र आईकेयर फाउन्डेसनको विशेष सहयोगमा उक्त शिविरहरु आयोजना गरिएको हो ।

उक्त दुईवटा आँखा शिविरमार्फत एक हजार एक सय १८ बिरामीको आँखा परीक्षण गरिएको छ भने एक सय ५४ जनाको निःशुल्क शल्यक्रिया समेत भएको छ । उक्त शिविरमार्फत हुम्ला जिल्लाका साथै छिमेकी जिल्ला जुम्ला र हुम्लाका नागरिक समेत लाभान्वित भएका छन् । चैत १५ देखि १७ गतेसम्म मुगुको छायाँनाथ रारा नगरपालिका गमगढीमा सञ्चालित शिविरमा छ सय ४७ बिरामीको निःशुल्क आँखा जाँच गरिएको थियो । उक्त शिविरमा आँखा जाँच गराएका बिरामीमध्ये मोतिविन्दु देखिएको ६५ जनाको निःशुल्क शल्यक्रिया समेत गरिएको नेपाल नेत्रज्योति संघका केन्द्रीय उपाध्यक्ष तिलक बहादुर मल्लले बताए ।

त्यस्तै मुगुकै खत्याड गाउँपालिकामा चैत २० गतेदेखि २२ गतेसम्म सञ्चालन गरिएको शिविरमा चार सय ७१ जनाको आँखा जाँच गरी मोतिविन्दु देखिएका ८७ जना बिरामीको निःशुल्क शल्यक्रिया गरिएको थियो भने दुई जनाको माइनर सर्जरी गरिएको थियो । दुईवटै शिविरमार्फत चार सय ८४ जना बिरामीलाई निःशुल्क चस्मा समेत वितरण गरिएको मल्लले जानकारी दिए ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया