Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगकोरोना भाइरससँग जुध्न नेपाल सुनचाँदी व्यवसायी महासंघको १५ लाख सहयोग

कोरोना भाइरससँग जुध्न नेपाल सुनचाँदी व्यवसायी महासंघको १५ लाख सहयोग


काठमाण्डौं,चैत २१

कोरोना भाइरससँग जुध्न नेपाल सुनचाँदी व्यवसायी महासंघले १५ लाख रुपैयाँ सहयोग गर्ने भएको छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसले संसारका प्रायः सबै देशहरुलाई आक्रान्त बनाइरहेको भन्दै महासंघले कोरोना रोकथाम तथा नियन्त्रणका लागि उक्त रकम सहयोग गर्ने जनाएको हो । कोरोना भाइरसको कारणले नेपाल जस्तो सानो अर्थतन्त्र भएको मुलुकमा आर्थिक रुपले निकै ठूलो असर परिरहेको महासंघले जनाएको छ । विश्वव्यापी रुपमा निम्तिएको यस महामारीको रोकथाम तथा औषधोपचारमा सहयोग पु¥याउन सरकारले स्थापना गरेको कोरोना भाइरससंक्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषमा तत्काल १५ लाख रुपैयाँ सहयोग उपलब्ध गराउने महासंघ महासचिव धर्मशुन्दर बज्राचायले बताए ।

साथै यस्तो विकराल अवस्थामा आगामी दिनहरुमा पनि महासंघले सरकारसँग हातमा हात मिलाउँदै आफ्नो तर्फवाट सक्दो सहयोग गर्ने उनले बताए । दैनिक मजदुरी गरेर खाने, अनौपचारिक क्षेत्रमा काम गर्ने तथा अन्य विविध कारणले समेत खाद्य सामग्री अभाव हुन नदिन महासंघले केन्द्र तथा प्रदेश सरकार तथा स्थानीय निकायसँग समन्वय गरी स्थानीय तहमा विभिन्न जिल्ला तथा नगर संघ एवं एसोसिएट्स सदस्यहरुमार्फत विभिन्न किसिमका खाद्य सामग्रीहरु वितरण गर्ने कार्यसमेत अगाडि बढाउन लागेको जनाएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया