एनसेल कन्सर्टमा झुम्यो विराटनगर
काठमाडौं । एनसेल आजियाटा लिमिटेडले शनिबार विराटनगरको हाटखोला मैदानमा आयोजना गरेको कन्सर्ट भव्यरूपमा सम्पन्न भएको छ । कन्सर्टमा चर्चित कलाकार तथा सांगीतिक समूहहरूले आफ्नो प्रस्तुति दिएका थिए । सदाबहार दिपक बज्राचार्य एन्ड रिदम ब्यान्डदेखि आशिष राना (लाउरे), द एलिमेन्ट्स, शिव परियार, अस्मिता अधिकारी, सुनिल पण्डित सबैले आ–आफ्ना प्रस्तुतिका साथ दर्शकहरूलाई मन्त्रमुग्ध पारेका थिए । कलाकार केकी अधिकारीको नृत्यले कन्सर्टमा अझै रौनकता थपिदिएको थियो ।
कार्यक्रममा विराटनगरका हजारौं दर्शकहरूको उपस्थिति थियो । दिउँसो केही गर्मी भए पनि दर्शकहरूले अस्मिता अधिकारी र सुनिल पण्डितका गीतहरूमा गाउँदै नाचेका थिए । द एलिमेन्ट्सको प्रस्तुतिले दर्शकहरूमा झनै ऊर्जा थपिदिएको थियो । द एलिमेन्ट्सले ऊर्जा, सपनाको मायालु, बिर्सिने हौ किलगायतका आफ्ना हिट गीतहरूका साथ दर्शकलाई मनोरञ्जन दिएको थियो । धोकेबाज हौ तिमी, क्या दामी भो, पिलायो साथीले जस्ता लोकप्रिय गीतका साथ कलाकार शिव परियारले विराटनगरवासीलाई नचाएका थिए । त्यस्तै, लाउरेको नेपहपको बाटो, दुई रुपैयाँ, बिरामीजस्ता ¥याप गीतले सांगीतिक कार्यक्रम झनै तातिएको थियो । दिपक बज्राचार्य एन्ड रिदम ब्यान्डको मन मगन, कालीकाली हिस्सी परेकी, मायाको डोरीलगायतका चर्चित गीतहरूको प्रस्तुति साथ शनिबार विराटनगर संगीतमय बन्यो ।
‘रमाऔं सधैंसँगै’ भन्ने थिमका साथ आयोजना गरिएको यस सांगीतिक कार्यक्रमले विराटनगरका आफ्ना ग्राहकहरूलाई मनोरञ्जन प्रदान गर्दै, देश विदेशमा रहेका सबैसँग फेसबुक लाईभमार्फत जोडिएर खुसी साटासाट गर्न सफल भएको एनसेलले जनाएको छ । ग्राहक सुविधाका लागि कार्यक्रम स्थलमा एनसेलको स्टलका साथै अन्य फुड स्टलहरू पनि रहेको थियो । यसअघि एनसेलले नयाँ वर्ष २०८० को अवसरमा वैशाख २ गते शनिबार काठमाडौंको दरबारमार्गमा एनसेल प्रिजेन्टस् १६ औँ दरबारमार्ग सडक महोत्सव पर्पल स्याटर्डे भव्यरूपमा आयोजना गरेको थियो ।
एनसेनलका अनुसार अर्थतन्त्र, पर्यटन व्यवसायलाई चाँडोभन्दा चाँडो पुनरुत्थान, नव उत्थानमा लैजाने, आन्तरिक पर्यटनलाई प्रवद्र्धन गरी देशको पर्यटन विकासमा टेवा पु¥याउने, लघु, घरेलु, साना तथा मझौला उद्यम एवं पर्यटन उद्योगको मनोबल उच्च राख्नेलगायतका उद्देश्य राखी पर्पल स्याटर्डे आयोजना गरिएको थियो ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- इन्धनमा करमाथिको करले उपभोक्ता मर्कामा
- सरकारी कार्यालयका आर्थिक प्रशासन शाखा प्रमुखलाई करसम्बन्धी तालिम
- दोलखामा थप चार केजी अवैध सुन बरामद
- रुपन्देहीका घरेलु तथा साना उद्योगमा ४१ अर्ब लगानी
- जी फोर्सविरुद्धको उजुरी अलपत्र
- पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता
- कर्जामा सधैं पहुँचवालाकै रजगज
- यही हो त प्रहरीको जनसेवा ?
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बाँझो जग्गामा सामूहिक आलु खेती
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया