बानेश्वरमा सामसङको नयाँ सर्भिस सेन्टर
काठमाडौं । सामसङले मध्यबानेश्वरमा अर्को आधिकारिक सर्भिस सेन्टरको शुभारम्भ गरेको छ । सेन्टरकोे शुभारम्भ समारोहमा सामसङ नेपालका प्रबन्ध निर्देशक सुङ जुन पार्क, निर्देशक प्रणय रत्न स्थापित, सर्भिस हेड राजन भट्टराई, आईएमएसका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत डिकेश मलहोत्रा र आईएमएसका सेल्स हेड कैलाश ऐरलगायतको उपस्थिति थियो । सर्भिस सेन्टर सामसङद्वारा नेपालमा खोलिएको २१ औँ रहेको छ ।
बिक्रीपछिको गुणस्तर सेवालगायत ग्राहकहरूको लागि निरन्तररूपमा ग्राहकमुखी सेवा प्रदान गर्ने उद्देश्यका साथ सामसङले काठमाडौँ उपत्यकाभित्र पाँचवटा र उपत्यकाबाहिर १५ वटा सर्भिस सेन्टर गरी २० वटा स्थानहरूमा पहिलेदेखि नै सेन्टर स्थापना गरिसकेको थियो । बानेश्वरमा नयाँ खुलेको २१ औँ सर्भिस सेन्टरबाट पनि आफ्नो ग्राहकहरूलाई भरपर्दो एवम् सुलभ सेवा प्रदान गर्ने कम्पनीको विश्वास रहेको छ । नयाँ सर्भिस सेन्टरमा वारेन्टी भएको र नभएको दुवै किसिमका सामसङ मोबाइल फोनहरूको मर्मत सेवा प्रदान गरिने कम्पनीले जानकारी दिएको छ । सो सर्भिस सेन्टरबाट बानेश्वरलगायत कोटेश्वर, चाबहिल, बौद्ध र नजिकको क्षेत्रका ग्राहकहरूले लाभ पाउने कम्पनीको विश्वास छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- इन्धनमा करमाथिको करले उपभोक्ता मर्कामा
- सरकारी कार्यालयका आर्थिक प्रशासन शाखा प्रमुखलाई करसम्बन्धी तालिम
- दोलखामा थप चार केजी अवैध सुन बरामद
- रुपन्देहीका घरेलु तथा साना उद्योगमा ४१ अर्ब लगानी
- जी फोर्सविरुद्धको उजुरी अलपत्र
- पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता
- कर्जामा सधैं पहुँचवालाकै रजगज
- यही हो त प्रहरीको जनसेवा ?
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बाँझो जग्गामा सामूहिक आलु खेती
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया