Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगबीवाईडी विद्युतीय सवारीको नयाँ मूल्य निर्धारण

बीवाईडी विद्युतीय सवारीको नयाँ मूल्य निर्धारण


काठमाडौं । साइमेक्स इंक प्रालिले नेपालमा बीवाईडी विद्युतीय सवारीको नयाँ मूल्य निर्धारण गरेको छ । बीवाईडी अटो इन्डस्ट्रीको नेपालको लागि आधिकारिक विक्रेता साइमेक्स इंक प्रालिले आफ्नो अत्यधिक माग भएको बीवाईडी एटीटीओ थ्री विद्युतीय सवारीको नयाँ मूल्य निर्धारण गरेको जानकारी दिएको छ ।

कम्पनीका अनुसार बीवाईडी एटीटीओ थ्री १०० किलोवाटको दुई भेरियन्टको क्रमश ५५ लाख ९९ हजार र ६५ लाख ८८ हजार रुपैयाँ र १५० किलोवाटको ८१ लाख ९९ हजार रुपैयाँ मूल्य तोकिएको छ । हालैको करको दर परिवर्तनअघि १०० किलोवाटको मूल्य ६४ लाख नौ हजार र १५० किलोवाटको मुल्य ८९ लाख नौ हजार रुपैयाँ रहेको थियो । आर्थिक वर्ष २०८०/८१ को बजेटअनुसार करको नीतिमा भएको परिवर्तनले गर्दा मूल्यमा संशोधन गर्ने बाध्यात्मक परिस्थिति आएको कम्पनीले जनाएको छ । संशोधित मूल्य निर्धारणले सरकारको नयाँ नियमहरूको पालना गर्दै कम्पनी आफ्ना ग्राहकहरूलाई प्रतिस्पर्धी वा छनोटको प्रस्तावहरू उपलब्ध गराउन प्रतिबद्ध रहेको उल्लेख गरेको छ ।

‘साइमेक्स इंक प्रालि सदैव दिगोपन, कार्यसम्पादन र नवप्रवर्तनलाई प्राथमिकता दिने उच्च गुणस्तरका विद्युतीय सवारी साधनहरू उपलब्ध गराउन समर्पित छ । यो नयाँ मूल्यसहित कम्पनीले हरियाली र स्वच्छ भविष्यको लागि सरकारको दृष्टिकोणलाई समर्थन गर्दै नेपाली बजारमा विद्युतीय गतिशीलतालाई थप पहँुचयोग्य बनाउने लक्ष्य राखेको छ’, कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया