Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगअल–इलेक्ट्रिक क्रसओभर ओरा ०३ को बुकिङ खुला

अल–इलेक्ट्रिक क्रसओभर ओरा ०३ को बुकिङ खुला


काठमाडौं । जीडब्लुएम नेपालले जिडब्लुएमको विधुतीय सवारीअन्तर्गत आफ्नो बहुप्रतिक्षित अल–इलेक्ट्रिक क्रसओभर ओरा ०३ को बुकिङ खुला गरेको छ । कम्पनीले यस गाडीको बुकिङ नेपालमा ४७ लाख ४९ हजार रुपैयाँमा सुरु गरेको छ ।

कम्पनीले यस गाडीको चीन, थाइल्याण्ड, मलेसिया, बेलायत, जर्मनी, अस्ट्रेलिया र न्युजिल्याण्डमा पहिले नै बिक्री सुरू गरिसकेको जनाएको छ । विश्वभर यसको एक लाख ५० हजारभन्दा बढी ग्राहकहरू भइसकेको र यसले उपभोक्ताहरूबाट पनि ठूलो प्रशंसाप्राप्त गरेको कम्पनीको दाबी छ । पोर्सकाका भूतपूर्व डिजाइनर इमान्युल डेर्टाद्वारा डिजाइन गरिएको ओरा ०३ ईभी पूर्वव्यापी र आधुनिक क्रसओभर हो । यस्तै, सौन्दर्यको हिसाबले ओरा ०३ को बाहिरी भागमा नरम रेखाहरू छन्, जसले ब्रान्डका अन्य मोडेलहरूलाई पनि चित्रण गर्छ । अगाडि, गोलो फुल एलईडी हेडलाइट, सर्कुलर डेटाइम रनिङ लाइटहरू यसको सबैभन्दा आकर्षक डिजाइन विशेषताहरू हो । यसको रियर लाइट क्लस्टरहरू रियर विन्डोमा नदेखियोस् भनेर सोहीअनुसार माथि राखिएको छ ।

यस्तै, यसमा लेदरेटको व्यापक प्रयोगको साथ भित्री डिजाइन र सामग्रीको सन्दर्भमा राम्रो तरिकाले सोचिएको छ । ओरा ०३ लाई शतप्रतिशत प्योर ईभी प्लेटफर्ममा विकसित गरिएको छ । यसको मोड्युलर साथै समान आधारभूत वास्तुकलाबाट ठूला र साना सवारीहरू सिर्जना गर्न मिल्ने गरी स्केलेबल डिजाइन पनि गरिएको कम्पनीले जनाएको छ । ओरा ०३ को धेरै विशेषतहरूका साथ आएको छ । यसमा सात एयरब्याग, एबीएसको साथमा ईबीडी, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल (ईसीएस), ट्«्याक्सन कन्ट्रोल सिस्टम (टीसीएस), इलेक्ट्रोनिक पार्किङ ब्रेक, अप हिल असिस्ट कन्ट्रोल, अटोमेटिक सवारी होल्ड, फ्रन्ट कोलिसन वार्निङ, अटोमेटिक इमर्जेन्सी ब्रेकिङजस्ता धेरै सुरक्षा सुविधाहरू छन् । यसको अझै रियर पार्किङ सेन्सर, ३६० डिग्री क्यामेरा प्रणाली, अस्ट्रेलियन न्यू कार एसेसमेन्ट प्रोग्राम रहेको छ ।

कम्फर्ट र कन्भेनियन्स फ्रन्टमा, ओरा ०३ ले ग्राहकलाई ठूलो र फराकिलो केबिन, पानोरामिक सनरुफ, लेदर सिट, ट–वे ड्राइभर पावर सिट, अटोमेटिक एयर कन्डिसनर, एडप्टिभ क्रुज कन्ट्रोल, पाँचवटा ड्राइभिङ मोडजस्ता सुविधाहरू प्रदान गर्दछ । नेपालमा ओरा ०३ केबल एक भेरियन्ट प्रोमा उपलब्ध रहेको छ, जुन ४७ दशमलव ७८ किलोवाटको लिथियम आइरन फसफोट ब्याट्री, ४०० किमि(नयाँ युरोपियन ड्राइभिङ साइकल) को प्रभावशाली ड्राइभ दायराको साथ आएको छ । साथै, ओरा ०३ मा ९९ किलोवाटको पिक पावर र २१० एनएम टर्क भएको स्थायी चुम्बकीय सिंक्रोनस इलेक्ट्रिक मोटरले गर्दा सहर र राजमार्गको सवारीलाई उपयुक्त बनाउँछ ।

जीडब्लुएम नेपाललले यसअघि हाई भोल्टेज ब्याट्री, ड्राइभ मोटर र मोटर कन्ट्रोलरमा आठ वर्षे वारेन्टी प्रदान गर्दै आएको थियो । अब भने पार्टपुर्जाबाहेक सम्पूर्ण गाडीमा चार वर्षको वारेन्टी उपलब्ध गराएको जनाएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया