Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगयुनिग्लोब कलेजमा व्यापार मेला

युनिग्लोब कलेजमा व्यापार मेला


काठमाडौ । काठमाडौँको नयाँ बानेश्वरमा रहेको युनिग्लोब कलेज परिसरमा १२ औँ व्यापार मेला सम्पन्न भएको छ । गत सोमबारदेखि शुक्रबारसम्म मेला सञ्चालन भएको मेलामा २५ भन्दा धेरै स्टल राखिएका थिए । ती स्टलहरूमा खानेकुरासहित बजारमा उत्पादन भएका सामानहरू राखिएको युनिग्लोब कलेजले जनाएको छ ।

यस कार्यक्रमका लागि कलेजले विद्यार्थीहरूलाई आर्थिक ऋण उपलब्ध गराउँछ र सो ऋणबाट नै विद्यार्थीहरूले आफ्नो व्यापार सुरु गर्छन् । यस कार्यक्रमबाट विद्यार्थीहरूले आफ्नो उद्यमी क्षमता विकास गर्नुको साथसाथै उनीहरूलाई व्यापारको वास्तविक महत्व सिकाउने मुख्य लक्ष्य लिएको छ ।

उक्त कार्यक्रमबाट विद्यार्थीहरूले व्यवसायका लागि चाहिने बिजनेस प्रपोजल कसरी बनाउने, ऋण कसरी लिनेदेखि ब्यालेन्ससिट, मार्केटिङ, म्यानेजमेन्ट नेटवर्किङको बारेमा विस्तृतरूपमा बुझ्ने अवसर पाउनेछन् । यहाँ सिकेका कुरा आफ्नो व्यापार व्यवसायमा समेत लगाउनेछन् र कतिपय विद्यार्थीहरूले त यो बिजनेस आइडियालाई नै अगाडि बढाउने लक्ष्य लिएका छन् । यस कार्यक्रममा शिक्षक, शिक्षिका, विद्यार्थी, स्थानीय बासिन्दाको उल्लेखनीय उपस्थिति भएको थियो ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया