Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगहुवावे र आईएफएनएबीच सम्झौता

हुवावे र आईएफएनएबीच सम्झौता


काठमाडौं । ह्वावे र आईसीटी फाउन्डेसन नेपाल (आईएफएन) ले नेपालमा ह्वावे मोबाइल नेपाल कँग्रेस र डिजिटल नेपाल कन्क्लेभ २०२३ आयोजना गर्न सहकार्य गर्ने भएका छन् । नेपालमा नेटवर्किङ र सहकार्यको लागि सार्थक वातावरण सिर्जना गर्ने लक्ष्यका साथ उक्त कार्यक्रम आयोजना गर्न लागिएको हो । सम्झौतामा ह्वावे नेपालका सिईओ ह्वाङ जुन र आईएफएनका अध्यक्ष राजन लम्सालले हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार दुवै संस्थाहरूले कार्यक्रमलाई प्रभावकारी, उपलब्धिमूलक र सफल बनाउन संगै मिलेर कार्य गर्नेछन् । कार्यक्रम यही असार ८ र ९ गते सोल्टी होटल, काठमाडौंमा आयोजना गरिनेछ । कार्यक्रममा विभिन्न देशका विषय विज्ञहरूको सहभागिता रहनेछ । ‘डिजिटल्ली सक्षम, सबल नेपाल’ भन्ने नाराका साथ आयोजना हुने उक्त कार्यक्रमले डिजिटल रुपान्तरणका लागि नेपालको क्षमताका साथै त्यससँग सम्बन्धित आवश्यक नीति नियमहरू र तिनको कार्यान्वयन पक्षमाथि विशेष जोड दिनेछ ।

कार्यक्रम स्थलमा ह्वावेले अत्याधुनिक नवीनतम प्रविधिहरू र समाधानहरूलाई प्रस्तुत गर्नेछ । जसबाट उद्यमीहरू, दूरसञ्चार सेवा प्रदायकहरू र आईसीटी कम्पनीहरू लाभान्वित हुन सक्नेछन् । ह्वावे मोबाइल नेपाल सम्मेलन जुन विषयवस्तुमा केन्द्रित छ, त्यसैमा आधारित रहेर सम्मेलनले गिगाभर्स इनिसिएटिभ, अल्ट्रा–अटोमेसन स्पिड अप, सेवाको रूपमा इन्टिलिजेन्ट कम्प्युटिङ एन्ड नेटवर्क, भिन्नभिन्न अपेक्षाकृत मागहरू र वातावरण, सामाजिक तथा सुशासनका लागि आफ्नो मार्ग निर्देशिका तय गरेको छ । मोबाइल नेपाल कँग्रेस २०२३ ले डिजिटल नेपालतर्फको यात्रालाई गति दिनका लागि नेपालमा उपयोगी र व्यापारिक सम्भावना भएको विश्वव्यापी आविष्कार र समाधानहरूलाई छलफलमा ल्याउन मद्दत पुग्ने विश्वास ह्वावेको रहेको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया