Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगएनसेलको आकर्षक भ्वाइस प्याक

एनसेलको आकर्षक भ्वाइस प्याक


काठमाडौं । एनसेल आजियाटा लिमिटेडले ग्राहकहरूले अझै सुलभ दरमा सेवा लिन सक्ने गरी तीन अनलिमिटेड भ्वाइस प्याकहरू सञ्चालनमा ल्याएको जनाएको छ । अब एनसेलका सबै ग्राहकले नेपालका कुनै पनि मोबाइल नम्बरमा कल गर्न मिल्ने अनलिमिटेड अल–नेटवर्क र एनसेलकै नम्बरहरूमा कल गर्न मिल्ने अनलिमिटेड टकटाइमका प्याकहरूबाट फाइदा लिन सक्छन् । प्रिपेड र पोस्टपेड दुवै सेवाका ग्राहकले प्रयोग गर्न सक्ने यी अनलिमिटेड टकटाइम रहेका प्याकहरू जेठ ३२ गतेबाट सञ्चालनमा आएका हुन् । आफ्नो भ्वाइस सेवाको आवश्यकताअनुसार ग्राहकले एक दिने अल–नेट अनलिमिटेड भ्वाइस प्याक, एक दिने अन–नेट अनलिमिटेड भ्वाइस प्याक वा सात दिने समयसीमा रहेको अन–नेट अनलिमिटेड भ्वाइस प्याक लिन सक्छन् ।

एक दिने अल–नेट अनलिमिटेड प्याकअन्तर्गत ग्राहकले करसहित मात्र २५ रुपैयाँमा बिहान पाँच बजेदेखि साँझ पाँच बजेसम्म नेपालका कुनै पनि मोबाइल नेटवर्कका नम्बरहरूमा अनलिमिटेड भ्वाइस सेवाको फाइदा लिन सक्छन् । ग्राहकहरूले सजिलै एस्ट्रिक्स १७११८ एस्ट्रिक्स एक एष्ट्रिक्स पाँच ह्यास डायल गरी यो प्याक लिन सक्छन् । त्यसैगरी एस्ट्रिक्स १७११८ एस्ट्रिक्स ३ एस्ट्रिक्स ४ ह्यास डायल गरी एनसेलका अन्य नम्बरहरूमा २४ घन्टासम्म अनलिमिटेड कल गर्न सकिने एक दिने अन–नेट अनलिमिटेड टकटाइम करसहित मात्र ३० रुपैयाँमा सुचारु गर्न सक्छन् ।

एनसेलका अन्य नम्बरहरूमा कुराकानी गर्नका लागि धेरै टकटाइम आवश्यक भएका ग्राहकहरूले सात दिन समयावधि रहेको अन–नेट अनलिमिटेड प्याक लिन सक्छन् । यो प्याकको करसहित एक सय ५० रुपैयाँ पर्छ । ग्राहकले एस्ट्रिक्स १७११८ एस्ट्रिक्स ४ एस्ट्रिक्स ३ ह्यास डायल गरी यो प्याक सुचारु गर्न सक्छन् । आफ्ना ग्राहकहरूलाई सुलभ दरमा सेवा प्रदान गर्ने कम्पनीको प्रतिबद्धताअनुसार यी अनलिमिटेड भ्वाइस प्याकहरू ल्याइएको एनसेलले जनाएको छ । अल–नेट होस् वा अन–नेट जुनसुकै नेटवर्कमा सहजै सम्पर्कमा रहिरहन यी प्याकहरूले ठूलो महत्व राख्ने विश्वास एनसेलले राखेको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया