Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगइ–सेवा मनि ट्रान्सफरद्वारा घर हस्तान्तरण

इ–सेवा मनि ट्रान्सफरद्वारा घर हस्तान्तरण


काठमाडौं । इ–सेवा मनि ट्रान्सफरले ‘मेरो डिजिटल देश’ अभियानअन्तर्गत भाग्यशाली विजेता पूर्णबहादुर श्रेष्ठलाई घर हस्तान्तरण गरेको छ । कम्पनीले बिहीबार एक विशेष कार्यक्रमको आयोजना गरी घर हस्तान्तरण गरेको हो ।

इ–सेवा मनि ट्रान्सफरले गत जेठ १२ गते आफ्नो आधिकारिक फेसबुक र टिकटक पेजबाट प्रत्यक्ष डिजिटल गोलाप्रथामार्फत ‘मेरो डिजिटल देश’ अभियानको विजेता घोषणा गरेको थियो । विगत ८ वर्षदेखि यूएईमा कार्यरत श्रेष्ठ बम्पर पुरस्कारको भाग्यशाली विजेता बन्न सफल भएका थिए । घर हस्तान्तरण कार्यक्रममा इ–सेवा मनि ट्रान्सफरका निर्देशक डेनियल डी श्रेष्ठले नेपालमा क्यासलेस अर्थतन्त्र बनाउन निरन्तर लागिरहेको एफवान सफ्ट गु्रपअन्तर्गतको कम्पनी इ–सेवा मनि ट्रान्सफरले रेमिट्यान्सलाई पनि डिजिटल बनाउने अभियान सञ्चालन गरिरहेको बताए । आगामी दिनमा पनि कम्पनीले डिजिटल रेमिट्यान्सलाई प्रभावशाली बनाउन निरन्तर लागिरहने उनको भनाइ थियो ।

इ–सेवा मनि ट्रान्सफरले वैधानिक रेमिट्यान्सलाई प्रोत्साहन गर्ने उद्देश्यले ‘मेरो डिजिटल देश’ अभियान सार्वजनिक गरेको थियो । अभियानअन्तर्गत विश्वका जुनसुकै मुलुकमा रहेका नेपालीले नेपालमा इच्छाएको व्यक्तिको बैंक खाता वा इ–सेवा वालेटमा पैसा पठाउँदा एक जनालाई बम्पर उपहारस्वरूप काठमाडौंमा साढे दुई तलाको घर दिने घोषणा गरेको थियो । गत असोज ७ गतेदेखि जेठ ६ गतेसम्म रेमिट्यान्स पठाउने व्यक्तिहरू यस अभियानमा सहभागी भएका थिए । अभियानअन्तर्गत हरेक महिना सेवाग्राहीको घरसम्म पुगी आकर्षक उपहारसमेत प्रदान गरेको थियो । बम्पर पुरस्कार विजेता श्रेष्ठले नयाँ घर जित्न पाउँदा पूर्णरूपमा आश्चर्यचकित भएको र आफूलाई चमत्कार भएजस्तो महसुस भएको बताए ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया