Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगउद्योग संगठन मोरङको एन्जल इन्भेस्टर नेटवर्क

उद्योग संगठन मोरङको एन्जल इन्भेस्टर नेटवर्क


विराटनगर । उद्योग संगठन मोरङले स्टार्टअप उद्यमलाई सुरुवाती लगानी व्यवस्थापनमा सघाउन विराटनगरमा एन्जल इन्भेस्टर नेटवर्कको स्थापना गरेको छ ।

संगठनले स्थापना गरेको एन्जल इन्भेस्टर्स नेटवर्कमा विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालादेखि सुुनसरी मोरङ औद्योगिक कोरिडोरका उद्योगीहरूले आबद्ध हुने प्रतिबद्धता जनाएका छन् । विगत दुई वर्षदेखि सञ्चालनमा रहेको स्टार्टअप कार्यक्रममा व्यावसायिक विकासको सेवाअन्तर्गत बजारीकरण, बुट क्याम्प, हाटबजारलगायतका कार्यक्रम सञ्चालन गरिएको संगठनका अध्यक्ष राकेश सुरानाले जानकारी दिए । उनले संगठनको मेन्टरसिपमा रहेका स्र्टाटअपलाई लगानीमा पहुँच पु¥याउँदै वित्तीय व्यवस्थापनमा सहजीकरण गर्ने उद्देश्यले एन्जल इन्भेस्टर्स मिटको आयोजना गरिएको बताए । व्यावसायिक योजना भएर पनि लगानीका लागि बीउपुँजीको अभावमा व्यवसाय प्रारम्भ गर्नबाट बन्चित भएका व्यवसायलाई लगानीमा प्रोत्साहन गरी सकारात्मक वातावरण तयार गर्ने उनले बताए ।

विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले उद्योग संगठन मोरङले सानो स्वरूपबाट सञ्चालनमा ल्याएको कार्यक्रमलाई महानगरपालिकाले आगामी दिनमा आफनो वार्षिक कार्यक्रममा समावेश गरी ठूलो स्वरूपमा लगेर युवाहरूलाई उद्यमशीलता विकासतर्फ अभिप्रेरित गर्ने प्रतिबद्धता जनाए । स्टार्टअप एन्ड इनोभेसन कार्यक्रमका संयोजक सुरेन्द्र गोल्छाले इन्भेस्टमेन्टका मोडालिटी र प्राविधिक विषयका सन्दर्भमा समितिले तयारी गरिरहेको जानकारी दिए । उनले यही सोमबार संगठनअन्तर्गतका १३ स्र्टाटअपले आफनो व्यवसायको पिचिङ गर्ने र आफूलाई उपयुक्त लागेको व्यवसायमा ईन्भेष्टरर्सको नेटवर्कमा रहेका लगानीकर्ताले लगानी गर्ने कार्यक्रम रहेको जानकारी दिए ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया