Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगबेनेली बाइकमा भारी छुट

बेनेली बाइकमा भारी छुट


काठमाडौं । केटीएम इन्टरनेसनल ट्रेडिङ प्रालिले इटलीमा निर्मित बेनेली मोटरसाइकलमा भारी छुट दिएर नयाँ मूल्य सार्वजनिक गरेको छ । आब २०८०/०८१ को नयाँ बजेटपश्चात् कम्पनीले शुक्रबारदेखि लागू हुनेगरी बेनेलीका चार मोडलका मोटरसाइकलको मूल्यमा ६० हजार रुपैयाँसम्मको छुट गरी बजारमा बिक्री गर्न लागेको जनाएको छ ।

कम्पनीका अनुसार बेनेली १८० एस र बेनेली १८० एस नियोनमा २५ हजार रुपैयाँ, बेनेली पेनेरिया १२५ मा ३५ हजार रुपैयाँ र बेनेली टीआरके २५१ मोडलमा ६० हजार रुपैयाँ छुट गरिएको छ । छुटपश्चात् बेनेली १८० एस र बेनेली १८० एस नियोनको मूल्य क्रमशः चार लाख २९ हजार नौ सय र चार लाख ३९ हजार नौ सय रहेको छ । यस्तै, बेनेली पेनेरिया १२५ को मूल्य दुई लाख ९९ हजार नौ सय र बेनेली टीआरके २५१ को मूल्य सात लाख ६४ हजार नौ सय तोकिएको छ । सन् १९११ देखि प्रचलित बेनेली इटालियन बाइक सबैको रोजाइ बन्न पुगेको छ । चालकहरूको रोजाइ र बजारको मागलाई ध्यानमा राखी नेपालमा केटीएम इन्टरनेसनल ट्रेडिङ प्रालिले २०१५ मा आयात सुरु गरेको थियो । अहिले बजारमा केटीएमले बेनेलीको १२५ सीसीदेखि ७५२ सीसीसम्मको मोटरबाइक बिक्रीवितरण गर्दै आएको छ । साथै, सुहाउँदो मूल्यमा मोटरसाइकल तथा पाटपुर्जाहरू सजिलै उपलब्ध गराउँदै आएको जनाएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया